आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • परीक्षणको दायरा घट्दा कोरोना संक्रमितको संख्यामा कमी

परीक्षणको दायरा घट्दा कोरोना संक्रमितको संख्यामा कमी

दुई साताअघिसम्म कोरोना संक्रमितको संख्या निकै बढे पनि केही दिनयता घट्न थालेको छ।
 |  बिहीबार, साउन १, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, साउन १, २०७७

काठमाडौं– दुई साताअघिसम्म कोरोना संक्रमितको संख्या निकै बढे पनि केही दिनयता घट्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार कुल १७ हजार ३४४ संक्रमितमध्ये ११ हजार २४९ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन्। सक्रिय संक्रमितको संख्या ६ हजार ५६ छ ।

पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या प्रतिदिन १ सय हाराहारीमा छ। परीक्षणको दायरा घटाएका कारण संक्रमितको संख्या कम भएको भन्दै सरकारको आलोचना हुन थालेको छ।

स्वास्थ्य मन्त्रालय भने त्यो मान्न तयार छैन। मन्त्रालयका अनुसार पछिल्लो समय हवाई तथा स्थलमार्गबाट नेपाल फर्कनेको संख्यामा कमी आएको छ। क्वारेन्टिन खाली हुँदै गएको छ भने संक्रमितको संख्या कम हुँदा कन्ट्र्याक ट्रेसिङको दायरा पनि घटेको छ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम लक्षण नभएका मानिसमा परीक्षण गर्दा पनि संख्या कम भएकाले पीसीआर परीक्षणको संख्या कम भएको बताउँछन्।

सरकारसँग दैनिक १० हजार परीक्षण गर्ने क्षमता छ। आवश्यक परे दैनिक १० हजारभन्दा बढी परीक्षण गर्न सकिने गौतमले बताए।

विज्ञहरु भने परीक्षणको दायरा कम गराइएकाले संक्रमितको संख्यामा कमी आएको दाबी गर्छन्।

जनस्वास्थ्यविज्ञ डा. समीरमणि दीक्षितका अनुसार सरकारले क्वारेन्टिनमा मात्रै परीक्षण गरेर संक्रमितको संख्या कम भएको भन्न मिल्दैन। उनले भने, ‘समुदायस्तरमा परीक्षणको दायरा बढाउनु आवश्यक छ।’

सरकारले असार १५ मा दैनिक पीसीआर परीक्षणको दैनिक १० हजार गर्ने घोषणा गरेको थियो। तर त्यसयता परीक्षणको दायरा घटाइएको छ।

डा. दीक्षित भन्छन्, ‘उपत्यकामा संक्रमणको जोखिम भएकाले दैनिक १० हजार परीक्षण गर्नु आवश्यक छ । तर सरकारले संक्रमित कम भयो भन्दै परीक्षणको दायरा घटाउनु गैरजिम्मेवारीपन हो।’

प्रकाशित: Jul 16, 2020| 18:30 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।