सोमबार, जेठ ६, २०८२

बेइजिङमा फेरि जग्मगायो अरनिकोको चिनो [भिडियो]

नेपाल–चीन मित्रताको एउटा जिउँदो साक्षी हो वास्तुशास्त्री अरनिकोले बनाएको श्वेतचैत्य, जुन बेइजिङको केन्द्रभागमा छ। करिब ५१ मिटर अग्लो यो सम्पदा कुनै बेला चीनको सबैभन्दा अग्लो टावर थियो।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

बेइजिङ– नेपाल–चीन मित्रताको एउटा जिउँदो साक्षी हो वास्तुशास्त्री अरनिकोले बनाएको श्वेतचैत्य, जुन बेइजिङको केन्द्रभागमा छ। करिब ५१ मिटर अग्लो यो सम्पदा कुनै बेला चीनको सबैभन्दा अग्लो टावर थियो।

७४० वर्ष लामो इतिहास बनाएको यो सम्पदा युआन राजवंशकालमा (सन् १२७१ मा) सम्राट कुब्लाई खाँले बनाउन लगाएका थिए। १२७९ मा चिनियाँहरूका लागि अनौठो, अग्लो र शानदार प्यागोडा टावर खडा भयो, जुन अहिलेसम्म पनि जीवित छ। 

पटक पटक गरेर यसको जीर्णोद्धार गरिएको छ, तर यसलाई कहिल्यै पनि ध्वस्त हुन दिइएन। यसको अर्थ नेपाल–चीन मैत्री प्रतीकको रूपमा यसले दुवै देशलाई घनिष्ठ बनाइराखेको छ। यहाँ नेपालीहरूले निःशुल्क प्रवेश पाउँछन्। पछिल्लो पटक श्वेतचैत्य जीर्णोद्धार गरिएपछि नयाँ स्वरूपमा सार्वजनिक भएको छ। 

युआन राजवंशको ९० वर्षे शासनकालमा इतिहास, संस्कृतिको रक्षा भयो भने मंगोलियाली, तिब्बती र हान संस्कृतिको गहिरो आदान प्रदान भयो। सन् १३६८ मा बेइजिङमा भीषण आगलागी भएको थियो। श्वेतचैत्य युआन राजधानीको उत्थान र पतनको साक्षी भयो। 

अभिलेख अनुसार मिङ राजवंशमा श्वेतचैत्यको जीर्णोद्धार ५ पटकसम्म गरिएको थियो– १४५३, १४५७, १४६५, १५०५ र १५८७ मा। प्राचीन तिब्बती शैलीका कारण श्वेतचैत्य अद्वीतिय र लोकप्रिय भयो। छिङ वंशको खाङसी (१६६८), छियानलोङ (१७५३) र (१७७६) गरी ३ पटक श्वेतचैत्यको जीर्णोद्धार गरिएको थियो। 

सन् १९१२ मा चीनमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र आयो। चीनभरि युद्ध र अस्थिरताका कारण भिक्षुहरूलाई चैत्य छोडेर अन्यत्रै बस्न उर्दी जारी गरिएको थियो। बेलाबेलामा धार्मिक वा बजारमूलक मेलाहरूको प्रदर्शनी गर्न थालियो। प्रदर्शनीको मात्रा यस्तरी बढ्दै गयो कि श्वेतचैत्य पनि ४ प्रमुख ठूला प्रदर्शनीस्थलमध्येको एक भयो। त्यहाँ प्रदर्शनीमूलक गतिविधिहरू निरन्तर चलिरहे। सन् १९३०–१९४० को दशकमा कलाकारहरूले प्रदर्शन गर्ने आकर्षक स्थल बन्यो यो। त्यसपछि सन् १९५० सम्म त्यो पूर्ण रूपमा बन्द भएर रह्यो। 

गणतन्त्र चीन स्थापनाको १३औँ वर्षगाँठ (१९२४)मा मंगोलियाली राजकुमारी र केही सम्भ्रान्तहरूले टावरको मर्मतका लागि सुन लगायत सामग्री दान गरेका थिए। १९३७ सम्म राजधानीको सम्पदाको जीर्णोद्धारको क्रम चलिरह्यो। 

सन् १९४९ मा जनगणतन्त्र चीन अर्थात् नयाँ चीनको स्थापनापछि यो एतिहासिक धरोहरको अझ ठूलो महत्व रह्यो। चीनमा भएको सांस्कृतिक क्रान्तिको अवधिमा यसलाई क्षतविक्षत हुनबाट बचाइयो। र, हाल चीन र नेपालबीचको घनिष्ठ मित्रताको सेतुको रूपमा चीनले पनि उच्च महत्व दिएको सम्पदाको रूपमा यो बेइजिङको केन्द्रमा उभिइरहेको छ।

प्रकाशित: Sep 15, 2021| 15:45 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।