शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा एकै दिन थपिए ११० संक्रमित, दैलेखमा मात्रै ९१ थप

कर्णालीमा एकै दिन थपिए ११० संक्रमित, दैलेखमा मात्रै ९१ थप

कर्णाली प्रदेशमा सोमबार एकै दिन ११० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७७ पुगेको छ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

काठमाडौं- कर्णाली प्रदेशमा सोमबार एकै दिन ११० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७७ पुगेको छ।

प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १०७ र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार दैलेख जिल्लामा ९१ जना संक्रमित थपिएका छन् भने सुर्खेत जिल्लामा १९ जना संक्रमित थपिएका छन्।

दैलेखमा थप भएका संक्रमितमा नौमुले गाउँपालिकाका मात्रै ८७ जना छन्। त्यस्तै नारायण नगरपालिकाका ३ र दुल्लु नगरपालिकाका १ जना रहेका छन्।

दैलेखमा थप भएका संक्रमितमा २ वर्षदेखि ५४ वर्ष उमेरसम्मका छन्। थपिएकामा ४ महिला छन्।

यस्तै सोमबार नै कालिकोट अस्पतालमा २५ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्रदेश अस्पताल २३ र लेकबेसी आइसोलेसन कक्षबाट ९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

कर्णालीमा संक्रमणपछि निको हुनेको संख्या १५१ पुगेको छ।

No photo description available.

प्रकाशित: Jun 15, 2020| 15:55 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।