काठमाडौं- कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ। सुर्खेत घर भएका २८ वर्षका पुरुषको मृत्यु भएको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार ती व्यक्तिको जेठ २२ गते मृत्यु भएको थियो।
उनी यही जेठ ८ गतेदेखि क्वारेन्टिनमा बसेर घर गएका थिए। भारतको मुम्बईबाट फर्किएका उनी १४ गतेदेखि पञ्चपुरी नगरपालिका ९ विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए।
क्वारेन्टिनको अवधि पूरा भएपछि उनलाई आरडीटी परीक्षण गरी घर फर्काइएको थियो। उनको आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएको तर पीसीआरमा कोराना पोजेटिभ देखिएको मन्त्रालयको प्रवक्ता देवकोटाले जानकारी दिए।
योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ।