सरकारले तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यो घोषणा गरेका हुन्। यसका लागि ७ अर्ब विनियोजन गरिएको छ। आगामी वर्ष नेपाललाई पूर्ण खोपमुक्त बनाइने बजेटमा उल्लेख छ।
क्षयरोग आदि निदानका लागि १४ अर्ब छुट्याइएको छ। विपन्नलाई केन्द्रीय अस्पतालबाट निःशुल्क उपचारका राष्टिय रोग निदान केन्द्र बनाइनेछ।