बुधबार, असार ४, २०८२

सम्पादकीय : पाठकको रुचि हाम्रो हौसला

हामी सामाजिक रुपान्तरणका लागि, जनहितका लागि र सत्य स्थापित गर्नका लागि यो होडबाजीभन्दा पर थुप्रै नभनिएका कथा भन्ने प्रयत्न गर्नेछौं।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

नेपाल समय स्थापनाको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको यो विशेष अवसरमा हामी हाम्रा पाठकसँग जिम्मेवार र व्यावसायिक पत्रकारिताको प्रतिबद्धता पुनः दोहोर्‍याउन चाहन्छौं।

नेपाली डिजिटल पत्रकारिताको इतिहास झन्डै दुई दशकको भए पनि प्रतिस्पर्धात्मक र व्यावसायिक बन्न थालेको करिब एक दशक भएको छ। स्थापित मिडिया र नयाँ खुल्ने डिजिटल मिडियाको भीडमै जन्मिएको नेपाल समयका लागि यो समय निश्चय पनि चुनौतीपूर्ण थियो/छ।

डिजिटल मिडियाको व्यापक विकास र विस्तार भइरहेको यो समयमा पाठकका लागि विभिन्न विकल्प उपलब्ध छन्। त्यसैले पत्रकारितालाई अझ विशिष्टीकरणतर्फ अगाडि बढाउन हामी प्रतिबद्ध छौं– ताकि मिडियाको भीडबाट हाम्रा पाठकले अझ उत्कृष्ट, निष्पक्ष र रोचक सामग्री प्राप्त गर्न सकून्।

सिद्धान्ततः पत्रकारले जहिले पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छ। तर, अधिकांश सरकारहरु मिडियालाई आफ्नो प्रचारप्रसार टोलीका रुपमा हेर्न चाहन्छन्। केही मिडिया यसको हिस्सा बन्छन् पनि। तर, हामीलाई थाहा छ, हाम्रा पाठक सत्य जान्न चाहन्छन्, न्यूज रुममा उत्पादन गरिएका कृत्रिम कथा होइन, न त कसैको प्रचार नै। पाठकको यही रुचि साँचो र असल पत्रकारिताका लागि हौसला बन्छ।

अर्कोतिर, डिजिटल मिडियाको बाढी, समाचार ब्रेक गर्ने होड, भिजिटर बढाउने र भाइरल हुने मोहले उत्तरादायी पत्रकारितामा नकारात्मक प्रभाव पारेको छ। तर, हामी सामाजिक रुपान्तरणका लागि, जनहितका लागि र सत्य स्थापित गर्नका लागि यो होडबाजीभन्दा पर थुप्रै नभनिएका कथा भन्ने प्रयत्न गर्नेछौं।

नेपालमा परम्परागत मिडियासँगै सयौंको संख्यामा अनलाइन पत्रिकाहरु भए पनि भन्न बाँकी कथा धेरै छन्। कसैले नसुनिदिएका तर सुन्नैपर्ने आवाज प्रशस्त छन्।  हाम्रो चेतनाका अंश बनिसकेका ती कथा र आवाज समेट्दै हामी अघि बढ्नेछौं। 

अहिले विश्व कोभिड– १९ को महामारीबाट संकटग्रस्त छ। यसले पत्रकारिताको आयाममा पनि परिवर्तन ल्याउँदै छ। रिपोर्टिङका तरिकामा फेरबदल आएको छ। यो महामारी र बन्दाबन्दीको चुनौतीका बीच बदलिएको परिस्थितिमा हामी हाम्रा पाठकलाई निरन्तर सुसूचित गराइरहनेछौं।

अन्त्यमा, गणतन्त्र दिवसकै दिन नेपाल समयले यात्रा आरम्भ गरेको थियो। गणतन्त्र दिवस र नेपाल समय स्थापना दिवसको यो पावन अवसरमा हामी हाम्रा पाठकप्रति आभार र शुभकामना व्यक्त गर्दछौं।

प्रकाशित: May 28, 2020| 07:33 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...