काठमाडौं । होनोरले हालै मलेसिया र विश्वव्यापी बजारमा ‘होनोर एक्स९ए फाइभजी’ लन्च गरेको छ। चिनियाँ कम्पनीले कर्भड एमोलेड डिस्प्ले र स्न्यापड्रागन ६९५ प्रोसेसरलगायत मुख्य विशेषता सहितको स्मार्टफोन मलेसियामा सार्वजनिक गरेको छ ।
यो नयाँ स्मार्टफोनको मुख्य विशेषतामा प्रिमियम कर्भड ओएलइडी डिस्प्ले, क्वालकम स्न्यापड्रागन ६९५ चिपसेट, ५१०० एमएएच ब्याट्रीलगायत केही अन्य सुविधाहरू समावेश छन्।
‘होनोर एक्स९ए फाइभजी’ को तौल १७५ ग्राम छ र यसको मोटाइ ७.९ मिमी छ। यो फोन टाइटेनियम सिल्भर, इमराल्ड ग्रीन र मिडनाइट कालो गरी तीनवटा रंगमा उपलब्ध छ ।
‘होनोर एक्स९ए फाइभजी’ को क्यामेरा सेटअपमा एफ१.८ को एपर्चर भएको ६४ एमपीको मुख्य क्यामेरा समावेश छ। अगाडिको क्यामेरामा एफ२.४५ एपर्चरको साथ १६ एमपी सेन्सर समावेश छ । फोनमा ८+५(१३)जीबी र्याम र २५६जीबी भण्डारण छ।
‘होनोर एक्स९ए फाइभजी’ मा ५१०० एमएएचको लिथियम–पोलिमर ब्याट्री छ, जसले फोनलाई लगभग दुई दिनसम्म चलिरहन मद्दत गर्छ। कम्पनीकाअनुसार यो स्मार्टफोन ४० वाट वायर्ड चार्जिङको साथ १०भी४ए मानक चार्जरको साथ आउँछ ।
फोनमा डुअल सिमका लागि स्लटहरुको साथमा फाइभजीसम्मको नेटवर्क मानक छ । यसैले यो फोनका नाम ‘होनोर एक्स९ए फाइभजी’ दिइएको बताइएको छ ।
फोनको बक्समा फोन (ब्याट्री समावेश), सुपरचार्जर, यूएसबी टाइप–सी केबल, इजेक्ट पिन, क्विक स्टार्ट गाइड, टीपीयू प्रोटेक्टिभ केस, टीपी प्रोटेक्टिभ फिल्म, वारेन्टी कार्ड र टाइप–सीदेखि ३.५ एमएम इयरफोन ज्याक कन्भर्टर रहेको छ। ‘होनोर एक्स९ए फाइभजी’को मूल्य नेपालमा लगभग ५०,००० रुपैयाँ हुने अनुमान गरिएको छ।