आइतबार, जेठ १२, २०८२

दक्षिण एसियामा २६७६३ संक्रमित, कहाँ कतिको मृत्यु ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट दक्षिण एसियाका आठ देशमा २६ हजार ७ सय ६३ जना संक्रमित भएका छन् ।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट दक्षिण एसियाका आठ देशमा २६ हजार ७ सय ६३ जना संक्रमित भएका छन् ।

आइतबार बिहानसम्मको तथ्यांकअनुसार अहिलेसम्म कोरोनाबाट दक्षिण एसियामा ७ सय ८५ जनाको मृत्यु भएको छ । मृतक र संक्रमितको संख्या सबैभन्दा धेरै छिमेकी मुलुक भारतमा रहेको छ ।

भारतमा अहिलेसम्म कोरोनाबाट १५ हजार ७ सय २३ जना संक्रमित भएका छन् भने ५ सय २१ जनाको मृत्यु भएको छ । भारतमा संक्रमण दर तिब्र गतिमा फैलिएको छ । औसतमा हरेक २४ घण्टामा कम्तिमा १ हजार नयाँ संक्रमित भेटिन थालेको छ ।

यस्तै पाकिस्तानमा ७ हजार ६ सय ३८ जना संक्रमित हुँदा १ सय ४३ जनाको मृत्यु भएको छ ।

दक्षिण एसियामा कोरोनाबाट तेस्रो प्रभावित मुलुकको सूचीमा रहेको बंगलादेशमा २ हजार १ सय ४४ जनामा जना संक्रमित भेटिएका छन् भने ८४ जनाको मृत्यु भएको छ । अफगानिस्तानमा ९ सय ३३ जनामा संक्रमण पुष्टि हुँदा ३० जनाको मृत्यु भएको छ ।

श्रीलंकामा अहिलेसम्म २ सय ५४ जना संक्रमित भेटिएका छन् भने ७ जनाको मृत्यु भएको छ । माल्दिभ्स, नेपाल र भुटानमा भने कोरोनाबाट अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन् ।

माल्दिभ्समा ३५ जना संक्रमित भेटिएका छन् भने नेपालमा ३१ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट सबैभन्दा कम प्रभावित भुटानमा भने ५ जनामा मात्रै संक्रमण भेटिएको छ ।

प्रकाशित: Apr 19, 2020| 08:57 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।