शुक्रबार जनकपुरको सडकमा पैसा फ्याँक्दै हिँड्ने दुई महिलामध्ये एकजनामा कोरोना भाइरसको संक्रमण आशंका गरिएको छ। दुवैको द्रूत परीक्षण (आरडीटी) गर्दा एकजनामा पोजेटिभ देखिएको हो।
रिपोर्ट शंकास्पद देखिएपछि थप परीक्षणका लागि स्वाब ल्याबमा पठाइएको छ। अर्की महिलाको भने आरडीटी नेगेटिभ देखिएको छ।
दुवैजनालाई आइसोलेसनमा राखिएको प्रशासनले जनाएको छ।
शुक्रबार जनकपुरधाम–४ महावीर चोकमा दिउँसो एक बजेतिर दुईजना महिलाले १० रुपैयाँको नोट छरेर भागेका थिए। नीलो र हरियो रङको साडी लगाएका उनीहरुले करिब सय मिटर दूरीसम्म सडक र पसलको छेउमा रुपैयाँ फ्यालेका थिए।
स्थानीयका अनुसार सडकमा पैसा किन फ्यालेको भनेर सोधेपछि दुवैजना पेठिया बजारतर्फ भागेका थिए। स्थानीयवासीका अनुसार तीन चारजना मानिसले उनीहरुले फ्यालेको रुपैयाँ सडकबाट उठाएका थिए।
याे पनि पढ्नुस् : जनकपुरमा पैसा फ्याँकेर भागेका दुई महिला पक्राउ