आइतबार, असार ८, २०८२

कोरोनाको लागि तयार छैन वीर अस्पताल

विश्व स्वास्थ संगठनले नेपाललाई कोराना संक्रमणको उच्च जोखिममा राखेको छ। गत डिसेम्बरबाट चीनबाट सुरु भएको कोरोना संक्रमणका कारण १० हजार भन्दा बढीको मृत्यु भइसकेको छ।
 |  शुक्रबार, चैत ७, २०७६

ज्योति अधिकारी

ज्योति अधिकारी

शुक्रबार, चैत ७, २०७६

काठमाडौं - विश्व स्वास्थ संगठनले नेपाललाई कोराना संक्रमणको उच्च जोखिममा राखेको छ। गत डिसेम्बरबाट चीनबाट सुरु भएको कोरोना संक्रमणका कारण १० हजार भन्दा बढीको मृत्यु भइसकेको छ।

नेपाल सरकारले पनि सम्भावित कोरोना संक्रमण फैलन नदिन र संक्रमण भएमा नियन्त्रणको लागि विभिन्न उपाय अपनाएको दाबी गरिरहेको छ। संभावित संक्रमण नियन्त्रणको लागि सरकारले उपत्यकामा रहेका ६ वटा अस्पतालमा १ सय २० आइसोलेसन बेड तयार रहेको जनाएको छ।

वीर अस्पतालमा पनि २० वटा आइसोलेसन बेड तयार भएको बताइएको थियो। तर, वीर अस्पतालमा पुग्दा अस्पतालले कुनै पनि तयारी नगरेको देखियो। आजदेखि अस्पताल परिसमा जाने व्यक्तिहरुलाई थर्मल स्क्यानरमार्फत तापक्रम नाप्ने बाहेक अन्य कुनैपनि तयारी देखिएको छैन।

सरकारले कोरोना संक्रमितको उपचारका लागि तोकेको अस्पतालमा वीर पनि एक हो। तर, अस्पतालमा पुग्ने कोरोनाको आशंका गरिएका बिरामीहरुको उपचार अस्पतालमा नहुने अस्पतालकै निर्देशक केदार सेन्चुरी बताउँछन्। ‘कोरोना संक्रमित फेला परेको खण्डमा बिरामी राख्नको लागि आइसोलेसन वार्डको व्यवस्था अहिलेसम्म गरिएको छैन, हामी तयारीमा छौं’, निर्देशक सेन्चुरीले भने, ‘अस्पतालमा आउने कोरोना आशंका गरिएका व्यक्तिको नमुना परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइन्छ, यदि उसको रिपोर्ट पोजेटिभ आएमा वीर अस्पतालमा उपचार हुँदैन। उपचारको लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकुमा पठाइन्छ।’

‘कोरोना संक्रमित बिरामीलाई आइसोलेट गरेर आइसियुमा राख्नुपर्ने अवस्था भए त्यस्ता बिरामी राख्ने संरचना वीर अस्पतालमा छैन, त्यसको लागि पुरै अस्पताल खाली गर्नुपर्छ’, निर्देशक सेन्चुरी भन्छन्, ‘त्यस्तो अवस्था आइनसकेकोले हामी तयारी गर्दै छौं।’

कोरोना संक्रमणको आशंकामा अस्पताल पुग्ने व्यक्तिलाई पनि सुरुमा जनरल वार्डमै राखेर उपचार गरिने सेन्चुरी बताउँछन्। उनका अनुसार कोरोना संक्रमितको उपचार गर्दा चिकित्सकलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) पनि पर्याप्त छैन।

अस्पतालमा पर्याप्त मास्कहरु पनि नहुँदा चिकित्सक तथा कर्मचारीहरु त्रसित भएका छन्। एक कर्मचारीले भने, ‘आफ्नो ज्यान जोखिममा राखेर कोरोना भाइरस लागेका बिरामी वा शंकास्पद ब्यक्तिसमक्ष जान सक्ने कुरै भएन’, उनले भने, ‘रेस्क्यू गर्ने साधन पनि अस्पतालसँग छैन।’ अस्पतालमा सर्जिकल मास्कको अभाव हुँदा कर्मचारीहरुले कपडाको मास्क प्रयोग गरिरहेका छन्।

प्रकाशित: Mar 20, 2020| 12:11 शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।