काठमाडौं । नोकिया फोनको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जि ११ प्लस सर्वजनिक गरेको छ।
नाेकियाले एक कार्यक्रमकाबीच फाेन सार्वजनिक गरेकाे हाे । जि–सेरिजको सफलतासँगै फोनमा नयाँ एन्ड्रोइड १२, मासिक सुरक्षा अपडेटहरू, गुणस्तर र विश्वभर प्रसिद्ध लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप समावेश गरेकाे छ।
३/६४ जिबिको स्टोरेज रहेको फोनको मूल्य १९ हजार ४ सय ९९ कायम छ। निलो रंगमा उपलब्ध नोकिया जि ११ प्लस आज बाट नेपालभरिका सम्पूर्ण रिटेल स्टोरहरूमा उपलब्ध छ ।
एचएमडी ग्लोबलका सीईओ, फ्लोरियन सेइश भन्छन्, 'नयाँ नोकिया जि ११ प्लसमा उपभोक्ताहरूलाई लामो समयसम्म टिक्ने ३ दिनको ब्याट्री ब्याकअप, तीन वर्षको मासिक सुरक्षा अपडेटहरू र एन्ड्रोइडका तीन संस्करणहरू सुनिश्चित गरिएको छ।'

यस्तै, नोकिया जि ११ प्लस स्लिम नर्डिक डिजाइनमा तीन दिन लगातार चल्ने ब्याट्री जडान गरिएको छ जसले पूरा हप्ता दिनसम्म फोन प्रयोग गर्न सकिन्छ । नोकिया फोनहरूमा मात्र उपलब्ध सुपर ब्याट्री सेभरले आवश्यक परेको बेलामा थप केही घण्टाको प्रयोग सुनिस्चित गर्छ ।
कम्पनीका अनुसार यसमा रहेको एआइ टेक्नोलजिद्वारा सहयोग गरिएको ५० एमपि क्यामेराले प्रयोगकर्तालाई यादगार पलहरु थाेरै उज्यालाेमा फाेटाे खिच्न सजिलाे बनाउँछ । जि–सिरिजमा रहेको ९० हर्ज पावरको साथ तस्बिरहरु प्रष्ट देखिनुको साथै ६.५' एचडी डिस्प्लेले स्पष्ट तस्बिरहरू खिच्न सहयाेग गर्छ ।