काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण मङ्गलबार (आज) मध्य र पूर्वी पहाडका केहि स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ ।
मङ्गलबार देशभरि नै घाम लाग्दै बादल लाग्नेछ भने दिउँसोपछि मध्य र पूर्वी पहाडी क्षेत्रको एकरदुई ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार राति पनि देशभर आंशिक देखि सामान्य बदली रही पहाडि भूभागका थोरै स्थानहरुमा चट्याङसहित वर्षाको संभावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्ताे हुनेछ आगामी तीन दिनकाे माैसम
फागुन २७ गते (मंगलबार)
दिउँसोः देशभर आंशिक बदलि रहनेछ। अपरान्ह पछि पूर्वि तथा मध्य पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
राति: देशभर आँशिक देखि सामान्य बदली रही पहाडि भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ।
फागुन २८ गते (बुधबार)
दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ।
राति: देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा तथा मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ।
फागुन २९ गते (बिहिबार)
दिउँसोः देशभर आँशिक रहनेछ । पहाडी भु-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ।
राति: देशभर आँशिक रहनेछ । पहाडी भु-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ।