काठमाडौं । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ । यो विशेष गरी विश्वभरिका ऊर्जा सचेत इभ युजरहरूका लागि डिजाइन गरिएको हो।
इओ चार्जिङ (इओ) ब्रिटिस प्रदायकको बिजुलीबाट चल्ने सवारी साधनको प्राविधिक रुपमा सक्षम चार्जिङ सोलुसन हो । यसले इभ चार्जिङ स्टेशनहरू र हार्डवेयर–एग्नोस्टिक क्लाउड–बेस्ड चार्ज पोइन्ट व्यवस्थापन सफ्टवेयर डिजाइन र निर्माण गर्दछ। इओ बेलायतको मुख्यालयमा २०१४ मा स्थापना गरिएको थियो।
इओको टेक्नोलोजी, विश्वका ठूला व्यवसाय र अमेजाेन, डिएचएल र टेस्इकाेजस्ता फ्लीट अपरेटरहरूले प्रयोग गर्दै आएका छन् भने यो विश्वभर ३५ भन्दा बढी देशहरूमा वितरण भएको छ।
यस कम्पनीले मर्सिडीज बेन्ज भ्यान जस्ता धेरै निर्माताहरूसँग चार्जिङ पार्टनरको रूपमा साझेदारी पनि गर्दै आएको छ। डिसेम्बर २०२१ मा इओले युके, आयरल्याण्ड र स्क्यान्डिनेभियामा ६० हजार वटा चार्ज पोइन्टहरु स्थापित गरेको थियो।
इओमा प्रविधिभन्दा अघि मानिस हुन्छ भन्ने कुरामा विश्वास गर्ने कम्पनीले जनाएकाे छ । कम्पनी भन्छ, 'विद्युतीय सवारी साधन चार्ज गर्न कहिलेकाहीँ जटिल हुनसक्छ भन्ने कुरा राम्रोसँग बुझेका छौं। त्यसैले हामी हाम्रा पार्टनर तथा ग्राहकहरुको सेवामा समर्पित छौं।'
याे इलेक्ट्रिक भ्यान, ट्रक, बस र कार फ्लीट्स चार्ज गर्ने विश्वव्यापी रुपमा अग्रणी कम्पनी बन्ने मिसनमा छौं। हामी नयाँ चार्जिङ इकोसिस्टम सिर्जना गर्न लागिपरेका छौं जसले व्यवसाय र व्यक्तिहरूलाई ऊर्जाको सन्दर्भमा स्वतन्त्रता प्रदान गर्दछ।
इओ मिनिमा इन्ट्रगल ६ एम ए डिसि को सहयोगले सजिलै चुहावटको स्रोत पत्ता लगाउन सकिन्छ। यसलाई बिना कुनै टाइप बि आरसिडि नियन्त्रण गर्न सकिन्छ। इओ मिनी तपाईको घरको पावर इनपुट जडानको आधारमा ६ एमपिदेखि ३२ एमपिसम्म समायोजन गर्न सकिन्छ। बजारमा सबैभन्दा सानो इओ १७५ एमएम एक्स १२५ एमएम एक्स ९५ एमएम मा उपलब्ध छ।
इओ मिनिका अन्य उल्लेखनीय सुविधाहरूमा विश्वव्यापी सकेट वा टेथर्ड (कालो मात्र) र एक ७.२किलाे वार्डसम्मको पावर रेटिंगलाई लिन सकिन्छ। कम्प्याक्ट चार्जर १ वर्षको वारेन्टीको साथ आउँछ र यसको मूल्य ८५ हजार ताेकिएकाे छ।