इटहरी– सत्तारुढ दल नेकपाले प्रदेशको आन्तरिक भेला प्रशिक्षण स्थगित गरेको छ।
प्रदेश १ को प्रशिक्षण तथा भेला कार्यक्रम मंगलबारका लागि तय भएको थियो। पार्टीले कार्यक्रम रोक्न निर्देशन दिएपछि स्थगन गरिएको प्रदेश १ प्रचार विभाग प्रमुख मुरारी सुवेदीले जानकारी दिए।
बिर्तामोडमा आयाेजना गरिने कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, पार्टीका महासचिव विष्णु पौडेलले प्रशिक्षण दिने तयारी थियो।
नेकपाले कर्णाली, सुदूरपश्चिम, ५ नम्बर प्रदेश, गण्डकी र बागमती प्रदेशमा भने प्रशिक्षण आयोजना गरिसकेको छ। प्रदेश १ र २ मा केही समयपछि प्रशिक्षण तथा भेला आयोजना गरिने नेकपाले जनाएको छ।