शनिबार, जेठ १८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • महिन्द्राको ब्रान्ड एम्बेस्डर बने पूर्वकप्तान पारस खड्का

महिन्द्राको ब्रान्ड एम्बेस्डर बने पूर्वकप्तान पारस खड्का

 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

काठमाडौं - नेपाली क्रिकेट टोलीका पूर्वकप्तान एवं अलराउन्डर पारस खड्का महिन्द्राको ब्रान्ड एम्बेस्डर बनेका छन्। महिन्द्रा ग्रुपको आधिकारिक बिक्रेता अग्नि ग्रुपले पासरलाई बुधबार एक कार्यक्रमका बीच ब्रान्ड एम्बेस्डर बनाएको हो।

ब्रान्ड एम्बेस्डर बनेसँगै उनले एक्सयुभी ३०० गाडीसमेत पाएका छन्। उनलाई अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले गाडी हस्तान्तरण गरेका हुन्।

पारसले आफू अग्नी ग्रुपसँग आबद्ध हुनपाउँदा खुसी लागेको बताए। अग्नी समूहकै डिस्ट्रिब्युटरसिप रहेको मोटरसाइकलको ब्रान्ड एम्बेस्डर पनि रहिसकेको भन्दै पारसले आफूले कार उपहारस्वरुप पाएकोमा खुसी व्यक्त गरे। उनले एक्सयुभी गाडी सदैव आफ्नो पहिलो प्राथमिकतामा पर्ने गरेको बताए।

प्रकाशित: Feb 26, 2020| 16:04 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्