बिहीबार, जेठ ९, २०८२

छ जनालाई नइ पुरस्कार

 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

काठमाडौं – नइ प्रकाशनले राष्ट्रिय जनजीवनका छ जनालाई २०७६ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ।

प्रकाशनले परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार लक्ष्मीदेवी राजभण्डारीलाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ।

यी दुवै पुरस्कारका राशि जनही साठी हजार रुपैयाँ छन्।

काठमाडौं उपत्यकाबाहिर रहेर नेपाली साहित्यमा क्रियाशील रुपन्देहीका दुर्गा पौडेललाई ‘नइ बुलु शर्मा पुरस्कार’, अपांग रहेर पनि नेपाली भाषासाहित्यमा सदैव समर्पित महेश थापालाई ‘नइ देरुनीख गौरव पुरस्कार’ र तेस्रोलिङ्गी सोफी सुनुवारलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ समर्पण गरिने भएको छ।

यी तीनै पुरस्कारका राशि जनही पचास हजार रुपैयाँ छन्।
मिस मङ्गोल सिविरा लामालाई पच्चीस हजार रुपैयाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ समर्पण गरिने भएको छ।

नइ पुरस्कार शताब्दी पुरुष सत्यमोहन जोशीको १०१ औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख ३० गते काठमाडौंमा समर्पण गरिने प्रकाशनका सदस्यचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।

प्रकाशित: Feb 26, 2020| 15:36 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।