आइतबार, असार ८, २०८२

कोरानाबाट ९ मुलुकमा २६१९ काे मृत्यु, कुन देशमा कति ?

कोरोना भाइरस संक्रमणबाट चीनमा आइतबार थप १५० को मृत्यु भएको छ।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

बेइजिङ – कोरोना भाइरस संक्रमणबाट चीनमा आइतबार थप १५० को मृत्यु भएको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार योसहित कोरोनाबाट मृत्युको संख्या २५८२ पुगेको छ। मर्नेमा अधिकांश कोरोना संक्रमण सुरु भएको हुबेई प्रान्तका छन्।

चीनबाहेक अन्य मुलुकमा २७ को मृत्यु भएको छ। विश्वका विभिन्न ९ मुलुकमा गरी कोरोनाका कारण २६१९ जनाको ज्यान गएको छ।

चीनमा आइतबार थप ४०९ जनामा भाइरस संक्रमण भएको छ । तीमध्ये ३९८ जना हुबेई प्रान्तका छन्। योसहित चीनमा संक्रमितको संख्या ७७ हजार १५० पुगेको छ।

विश्वव्यापी रुपमा ७९ हजार ३५६ मा कोरोना संक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। चीनमा २४ हजार ७३४ संक्रमित उपचारपछि घर फर्किएका छन्।

कहाँ कतिको मृत्यु

चीन : २५८२
इरान : ८
दक्षिण कोरिया : ७
जापान : ४
इटाली : ३
हङकङ : २
फिलिपिन्स : १
फ्रान्स : १
ताइवान : १

प्रकाशित: Feb 24, 2020| 09:58 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।