बेइजिङ– कोराना भाइरस संक्रमणबाट चीनको वुहान सहरमा अर्का एक चिकित्सकको निधन भएको छ।
ती चिकित्सक सिही जिङबेई अस्पतालमा पेटसम्बन्धी विशेषज्ञका रूपमा कार्यरत थिइन्। २९ वर्षीया सी सिसी जनवरी १९ मा अस्पताल भर्ना भएको अस्पतालले जनाएको छ।
स्थानीय समयअनुसार आइतबार बिहान साढे ६ बजे उनको निधन भएको हो। केही दिनअघि अर्का एक चिकित्सकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो।
चिनियाँ अधिकारीहरूका अनुसार कोरोनाबाट संक्रमित ३ हजार स्वास्थ्यकर्मी मुलुकका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।