दमाैली । तनहुँमा गत आर्थिक वर्ष २०७८/७९ मा ५२ प्रतिशत विकास बजेट खर्च भएको छ । साे वर्ष संघ र प्रदेश सरकारबाट विनियोजित कुल विकास बजेट ५अर्ब ९५ करोड ३६ लाख ३६ हजार ६ सय ९० रूपैयाँ मध्ये आधा बजेट मात्र खर्च भएको हो ।
साे अवधिमा जिल्लामा ३ अर्ब १२ करोड ६१ लाख ९ हजार ८ सय ३५ रूपैयाँ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ । प्रमुख कोष नियन्त्रक किशोरकुमार श्रेष्ठका अनुसार उक्त वर्ष खर्च हुन नसकेर २ अर्ब ८२ करोड ७५ लाख ३६ हजार ८ सय ५५ रूपैयाँ फिर्ता भएको छ ।
संघ सरकारबाट २ अर्ब २३ करोड ७७ लाख ९९ हजार ६ सय १ रूपैयाँ खर्च हुन नसकी फिर्ता भएको छ भने प्रदेश सरकारबाट ५८ करोड ९७ लाख ३७ हजार २ सय ५४ रूपैयाँ खर्च हुन नसकेको कार्यालयले जनाएको छ । सङ्घ सरकारबाट उक्त वर्ष विकास बजेटतर्फ ३ अर्ब ६२ करोड २९ लाख ६३ हजार ६ सय ९० रूपैयाँ विनियोजन भएको थियो । साे वर्ष १ अर्ब ३८ करोड ५१ लाख ६४ हजार ८९ रूपैयाँ मात्रै खर्च भएको कार्यालयले जनाएको छ ।
प्रदेश सरकारबाट विकास बजेटतर्फ २ अर्ब ३३ करोड ६ लाख ८३ हजार रूपैयाँ विनियोजन भएकामा १ अर्ब ७४ करोड ९ लाख ४५ हजार ७ सय ४६ रूपैयाँ मात्रै खर्च भएको छ । संघ सरकारको विकास बजेटखर्च ३८ प्रतिशत र प्रदेश सरकारको ७४.६८ रूपैयाँ प्रतिशत छ ।
चालूतर्फ भने ९५ प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फ ८ अर्ब ६२ करोड २८ लाख २ हजार ८ सय ८७ रूपैयाँ बजेट खर्च भएको छ । चालूतर्फ कर्मचारी, शिक्षक लगायतको बजेट रहने भएकाले खर्च बढी हुने गरेको कार्यालयले जनाएको छ । प्रदेश सरकारबाट चालुतर्फ ८५ करोड ४४ लाख ३३ हजार रूपैयाँ र पुँजीगततर्फ २ अर्ब ३३ करोड ६ लाख ८३ हजार रूपैयाँ विनियोजन भएको थियो ।
संघ सरकारअन्तर्गत भानुभक्त प्राणी उद्यानले पुँजीगततर्फ १ करोड ७२ लाख ३० हजार ६ सय १६ रूपैयाँ, सडक डिभिजन कार्यालयले ४३ करोड ७९ लाख ८५ हजार ८ सय ८० रूपैयाँ, मुग्लिङ पोखरा सडक योजना (पूर्वी खण्ड)ले ५७ करोड ४ लाख ४२ हजार ९६ रूपैयाँ, जगदल गणले १ करोड २० लाख ९ हजार ७७ रूपैयाँ, नयाँ सहर आयोजना कार्यालयले १० करोड ३४ लाख ७१ हजार ६ सय ७ रूपैयाँ, शिक्षा विकास तथा समन्वय एकाइले ६ करोड ५५ लाख ४८ हजार ७ सय ५१ रूपैयाँ, जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले १ करोड ३८ लाख ६ हजार २ सय २ रूपैयाँ खर्च गरेको छ ।
भानु नगरपालिकाले १ करोड ८६ लाख ९ हजार रूपैयाँ, भिमाद नगरपालिकाले १ करोड ४४ लाख २७ हजार ६ सय ९ रूपैयाँ, व्यास नगरपालिकाले ५५ लाख १७ हजार ३ सय १२ रूपैयाँ, ऋषिङ गाउँपालिकाले ७५ लाख ७० हजार रूपैयाँ, देवघाट गाउँपालिकाले १ करोड २३ लाख ३० हजार ६ सय ७ र म्याग्दे गाउँपालिकाले १ करोड ४१ लाख ८० हजार ५ सय १३ रूपैयाँ खर्च गरेको छ ।
प्रदेश सरकारअन्तर्गत भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले २ करोड ९० लाख ३१ हजार १ सय ५१ रूपैयाँ, डिभिजन वन कार्यालयले १ करोड ६४ लाख ९९ हजार ४८ रूपैयाँ, भू तथा जाधाार व्यवस्थापन कार्यालयले ४ करोड २९ लाख ९८ हजार ५ सय ३४ रूपैयाँ, पूर्वाधार विकास कार्यालयले ८३ करोड ३४ लाख ५ हजार ४ सय २६ रूपैयाँ , जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले १६ करोड ३६ लाख ५७ हजार ४ सय १३, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ५८ लाख ५६ लाख ६ हजार ४ सय ४ रूपैयाँ खर्च गरेको छ ।
कालिगण्डकी बहुप्राविधिक शिक्षालयले १ करोड १७ लाख ५५ हजार ७ सय १६ रूपैयाँ, सामाजिक विकास कार्यालयले २ करोड ५२ लाख ४२ हजार दुई सय ९१ रूपैयाँ, दमौली अस्पतालले ४५ लाख ७५ हजार ३ सय २४ रूपैयाँ, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले १६ लाख ४३ हजार २ सय ३५ खर्च गरेको छ । रासस