काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले कुवेतमा ६ जना नेपालीको मृत्युका सम्बन्धमा यथार्थ जानकारी गराउन सरकारसँग आग्रह गरेको छ।
कुवेतमा माघ २९ गते ढिस्कोमा पुरिएर ६ नेपाली कामदारको मृत्यु भएको थियो।
आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्रय मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गरी आयोगले विवरण मागेको हो।
कुवेतको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा बालुवा र ग्राभेलको ढिस्कोले पुरिँदा उनीहरूको मृत्यु भएको थियो।
‘वैदेशिक रोजगारीमा गएका कामदारहरूको सुरक्षा तथा उनीहरूको मानवअधिकारको सुनिश्चितताका लागि दीर्घकालीन कार्ययोजना तथा नीति बनाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ’, आयोगका प्रवक्ता वेद भट्टराईले विज्ञप्तिमार्फत भनेका छन्, ‘साथै उक्त घटनामा घाइते भएकाहरूको प्रभावकारी र निःशुल्क उपचार गर्न, मृत्यु भएकाहरूको परिवारलाई आवश्यक राहत क्षतिपूर्ति उपलब्ध गराउन तथा निजहरुको सांस्कृतिक अधिकारसमेतको संरक्षण हुने गरी आवश्यक व्यवस्था मिलाउनसमेत आयोग आग्रह गर्दछ ।’
कुवेतमा निधन भएका ४ नेपालीको सनाखत
कुवेतमा विस्फोटसँगै पहिरो जाँदा चार नेपालीको मृत्यु, ६ जना बेपत्ता