आइतबार, जेठ ५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सिस्‍ने बालगृह सञ्‍चालकका छोराले १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप

सिस्‍ने बालगृह सञ्‍चालकका छोराले १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप

आठबीसकोट नगरपालिका–११ मा रहेको सिस्‍ने हिमाल बालगृहमा बस्दै आएकी एक १२ वर्षीया बालिकाको पेटमा १० हप्ताको गर्भ रहेको पुष्टि भएको हो।
 |  सोमबार, भदौ २१, २०७८

देव राना

देव राना

सोमबार, भदौ २१, २०७८

सुर्खेत- रुकुमपश्‍चिमको एक बालगृहमा बस्दै आएकी बालिका १० हप्ताको गर्भवती भएको पुष्टि भएको छ। आठबीसकोट नगरपालिका–११ मा रहेको सिस्‍ने हिमाल बालगृहमा बस्दै आएकी एक १२ वर्षीया बालिकाको पेटमा १० हप्ताको गर्भ रहेको पुष्टि भएको हो।

यही भदौ १९ गते आठबीसकोट नगर अस्पतालमा गरिएको चेकजाँचमा ती बालिकाको पेटमा गर्भ रहेको पुष्टि गरेको छ। बालिकाले आफूलाई बालगृह सञ्चालक सुनिता चनाराका छोरा कुस्माकर चनारा (रवि)ले बलात्कार गरेको आरोप लगाएकी छन्। ती बालिकाले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै भदौ १८ गते आठबीसकोट नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका हुन्।

न्यायिक समितिले पनि भदौ २० गते आवश्यक कारबाहीको लागि भन्दै जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको छ। ती बालिका चार वर्षदेखि बालगृहमा बस्दै आएकी छन्। महिनावारी रोकिएपछि बालिकाले गर्भ रहेको आशंका गरेकी थिइन्।

रविले एक वर्षदेखि पटक-पटक बलात्कार गर्दै आएको उजुरीमा उल्लेख छ। रविले ०७७ साल असारको अन्तिम हप्ता ओखर खेतीमा पानी चार्न र बोइलर कुखुरालाई दाना खुवाउन गएको बेला पहिलो पटक मुख थुनेर बलात्कार गरेको ती बालिकाको आरोप छ। त्यसयता एक वर्षदेखि रविले आफूलाई पटक-पटक बलात्कार गरेको न्यायिक समितिमा दिएको उजुरीमा उल्लेख छ। रविले घटना कसैलाई भनेको खण्डमा ज्यान मार्ने धम्की दिएका कारण लामोसमयदेखि कसैलाई नभनेको बालिकालाई उदृत गर्दै न्यायिक समितिले संयोजक एवम् उपप्रमुख गीता नेपालीले जानकारी दिइन्।

साथै सञ्‍चालक सुनिताका श्रीमान गंगारामले भदौ १७ गते राति नराम्रो नियतले कानमा औंला राखी रगटेको आरोप बताएकी छन्। बालिकाले बालगृह सञ्‍चालक सुनिता, उनका श्रीमान गंगाराम र बलात्कार आरोपित रविलाई कानुनी कारबाहीको माग गर्दै उजुरी दिएकी छन्। 

गंगाराम आठबीसकोट नगरपालिका वडा नं. १० का वडाध्यक्ष समेत हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको र अहिले केही खुलाउन नमिल्ने जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ। ‘हामीले बलात्कार आरोपित रविको खोजी गरिरहेको छौं, उनी काठमाडौंमा छन् भन्ने खबर आएको छ’ एक प्रहरी अधिकारीले भने, ‘घटनाको वास्तविकता बुझ्‍न बालगृह सञ्‍चालक, वडाध्यक्ष र नगरपालिकासँग बुझ्‍ने काम भइरहेको छ।’



प्रकाशित: Sep 06, 2021| 16:25 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।