काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेकोे हो ।
बोर्डले नयाँ ब्रोकर लाइसेन्सदेखि नयाँ धितोपत्र व्यापारी (स्टक डिलर) लाई अनुमतिपत्र दिने लगायतका कुरा समावेश गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
बोर्डले अघिल्ला वर्षकाे कार्यक्रमलाई निरन्तरता दिएकाे छ । बाेर्डले लामो समयदेखि वास्तविक क्षेत्रका कम्पनीलाई सेयर बजारमा ल्याउने बताउँदै आएकाे थियाे । तर, वस्तविक क्षेत्रका कम्पनी बुक विल्डिङ विधिबाट सेयर बजारमा ल्याउने बोर्डको रणनीति सफल हुन् सकेको छैन् ।
हालसम्म दुई कम्पनी बुक विल्डिङमार्फत आईपीओ निष्कासन राजी भएका छन् । बोर्डले नीति तथा कार्यक्रमा वैदेशीक रोजगारीमा भएका नेपालीलाई सेयरमा आवेदन दिन पाउने गरी आस्वा र सिआस्वा प्रणालीमा सुधार गर्ने जनाएको छ ।
बोर्डले प्रस्तुत गरेको नीति कार्यक्रमको आधारमा प्रस्तरत बोर्डबाट सम्पादन गरिने कार्यहरुलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाई छिटोछरितो सेवा प्रवाह गर्ने एवं विद्यमान जनशक्तिको क्षमता विकासका लागि उच्चस्तरीय तालिम प्रदान गर्ने साथै भौतिक पूर्वाधार विकास गर्नेे भएको छ ।
बोर्डले विश्वस्तरीय प्रविधि एवं प्रविधि संचालनमा चाहिने जनशक्ति तयार गरी सुपरिवेक्षण प्रणालीलाई कृत्रिम बृद्धिमत्ता (एआई)मा आधारित रिग टीक मार्फत चुस्त दुरुस्त बनाई बजारमा चलखेल एवं अनुचित क्रियाकलापलाई निरुत्साहन गर्ने जनाएको छ ।
त्यस्तै, बोर्डमा धितोपत्र दर्ता तथा अनुमतिका लागि पेश भएका निवेदनहरुलाई योग्यताको आधारित स्वीकृती प्रणीलीका आधारमा प्रकृया अगाडि बढाईनेछ ।
नेपाल सरकारको आ.व. २०७९/८० को बजेट वक्तव्यमा एक अर्ब रुपैयाँ वा सो भन्दा बढीको पुँजी वा पाँच अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोतहरुको उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीहरुलाई धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत हुनुपर्ने व्यवस्था गरिए अनुरूप धितोपत्रको सार्वजनिक निष्काशनका लागि कम्पनी ऐन, २०६३ मा गर्नुपर्ने सुधारका सम्बन्धमा कम्पनी रजिष्ट्रारको कार्यालयसँग समन्वय गर्ने जनाएको छ ।
साथै कम्पनी कानुनमा भएको सुधार अनुरूप हुने गरी धितोपत्र सम्बन्धी कानुनमा सुधार गर्ने बोर्डले जनाएको छ । बोर्डले वास्तविक क्षेत्र तथा अन्य क्षेत्रका कम्पनीहरूलाइ धितोपत्र बजारमा सूचीकृत गर्नका लागि आवश्यक हुने नीति, कार्यविधि तथा प्रविधिको व्यवस्था मिलाउनेछ ।
सार्वजनिक निष्काशनमा स्वच्छ तथा पारदर्शी प्रणाली लागू गरी ठुला ठुला उपयोगिताका कम्पनीहरु र व्यवसायिकरुपमा सफल तथा स्थापित अन्य कम्पनीहरुलाई धितोपत्र बजारमा सूचीकरण गरी सोमा सर्वसाधारणको स्वामित्व बढाउनुका साथै बजार विस्तार तथा सन्तुलन गरिने भएको हो ।
साथै, बुक बिल्डिंग प्रणाली दिगो एवं पारदर्शी रुपमा संचालनमा ल्याउनका लागि अन्तर्राष्ट्रियरुपमा प्रयोगमा रहेको स्वचालित इलेक्ट्रोनिक लिलामी प्रणाली तयार गरी दिगो र स्थापित कम्पनीहरुलाई धितोपत्र बजारमा भित्रयाईनेछ बोर्डको कार्यक्रमा उल्लेख छ ।
बोर्डले साना तथा मझौला उद्यमहरुको धितोपत्र कारोबारका लागि एसएमईज प्ल्याटफर्मका लागि आवश्यक व्यवस्था मिलाई व्यवसायिक कृषिजन्य उद्यमलाई पुँजी बजारमा आवद्ध जनाएको छ ।
धितोपत्र बोर्डले पर्याप्त पुँजी नभएका उद्यमी तथा नवप्रवर्तकका लागि प्राईभेट इक्विटी तथा भेञ्चर क्यापिटलको माध्यमबाट पुँजी तथा व्यवसायिक ज्ञान परिचालन गर्न सक्ने गरी अनुमतिपत्र प्रदान गरी समुन्नतिको दायरमा बढाइने जनाएको छ ।
त्यस्तै, वस्तु विनिमय बजार संचालनका लागि आवश्यक वेयरहाउससम्बन्धी नियमावली वस्तु कारोबार दलाल व्यवसायी तथा बजार निर्माता नियमावली र राफसाफ तथा फछ्यौट सम्बन्धी नियमावली तथा विनियमावलीहरु तयार गर्ने, दरखास्त आव्हान गर्ने र अनुमतिपत्र प्रदान गरी सञ्चालन व्यवस्था मिलाउने बोर्डले जनाएको छ ।
धितोपत्र बजारलाई देशव्यापी बनाउन वित्तीयरुपले सबल नयाँ धितोपत्र दलाल व्यवसायीहरुको संख्या थप गरिने र धितोपत्रको दोस्रो बजार कारोबारमा तरलता र बजार गहिराई बढाउनका लागि नयाँ धितोपत्र व्यापारी (स्टक डिलर) लाई अनुमतिपत्र प्रदान गर्ने जनाएको छ ।
साथै, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको प्राविधिक सहयोग लिई धितोपत्र बजार, केन्द्रीय निक्षेप कम्पनी सूचीकृत संगठित संस्था तथा धितोपत्र व्यवसायीहरुले बोर्डमा पेश गर्नुपर्ने विवरणको ढाँचा विकास गरी सो लागु गर्ने उल्लेख गरेको छ ।
बोर्डले धितोपत्रको दोस्रो बजार तथा यससम्बन्धी संरचनालाई थप प्रतिभभ बनाउन नेपाल स्टक एक्सचेञ्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिक लिमिटेडको सेयर संरचनामा सुधारका लागि सहजीकरण गर्ने भएको छ ।
धितोपत्रको दोस्रो बजार कारोबारलाई पूर्ण रूपमा विद्युतीय प्रविधिमा आधारित बनाई धितोपत्र बजारको कारोवार प्रणालीलाई लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खातासँग आवद्ध गर्न आवश्यक सहजीकरण गरिने उल्लेख छ ।
बोर्डले वैदेशिक रोजगारीमा भएका नेपालीहरूले प्राथमिक निष्काशनमा सेयर आवेदन सक्ने गरी आस्वा तथा सि आस्वा प्रणालीमा सुधार ल्याउने र सरकारी ऋणपत्रको स्वचालित कारोबार प्रणालीको विकास गर्न समन्वय एंव सहजीकरण गरिने। साथै, वैदेशीक रोजगारीमा भएका नेपालिलाई प्राथमिक निष्कासनमा सेयर आवेदन दिन सक्ने गरी आस्वा र सिआस्वा प्रणालीमा सुधार गर्ने जनाएको छ ।
सरकारी ऋणपत्रको स्वचालित कारोबार प्रणालीको विकास गनै समन्वय एंव सहजीकरण गरिने ।
धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीहरुको लगानी खुला गर्न धितोपत्र सम्बन्धी कानुनहरूमा आवश्यक संशोधन तथा परिमार्जन गरिनेछ ।
साथै वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई धितोपत्रको प्राथमिक निष्काशनमा दश प्रतिशत सेयर आरक्षित गर्ने गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा संशोधन गर्नेछ ।
बोर्डलाई जवाफदेहितासहितको अधिकार सम्पन्न नियमन निकाय बनाउन धितोपत्र तथा वस्तु विनिमय बोर्ड सम्बन्धी विधेयक नेपाल धितोपत्र विनिमय बोर्ड ऐन तथा धितोपत्र व्यवसायीहरुको नियमन तथा सुपरिवेक्षण कार्यलाई प्रभावकारी बनाउन धितोपत्र विनिमय सम्बन्धी विधेयक प्रतिभूति विनिमय अधिनियमको मस्यौदा कार्य अगाडि बढाइ धितोपत्र बजारका लगानीकर्ताहरुलाई हुन सक्ने संभावित क्षतिबाट जोगाउन क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउनका लागि क्षतिपूर्ति कोष सम्बन्धी नियमावली तर्जूमा गरी लागू गर्ने जनाएको छ ।
साथै, बोर्डले धितोपत्र व्यवसायीहरुको लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गर्ने र बोर्डमा धितोपत्र दर्ता गरेका संगठित संस्थाहरुको मर्जर एक्विजिशन संगठित संस्था स्वामित्वमा लिने वा नियन्त्रण सम्बन्धी निर्देशिका लागू गर्नेछ ।
त्यसैगरी, धितोपत्र बजारका लगानीकर्ताहरुलाई सुसूचित निर्णय सूचीत निर्णयका लागि धितोपत्र बजारका लगानीकर्ताहरुलाई सुसूचित निर्णय सूचीत निणर्यका लागि आवश्यक हुने सूचीकृत कम्पनीहरुको वित्तीय अवस्था लगायतका सूचना तथा विवरण प्रवाह आवधिक रुपमा हुने व्यवस्था रहेकोमा सोलाई प्रभावकारी बनाउने भएको छ ।
बोर्डले धितोपत्र बजार एवं व्यवसायीहरुले प्रयोगमा ल्याउने सफ्टवेयरमा हुनुपर्ने न्युनतम व्यवस्थाहरुका सम्बन्धमा स्पष्ट व्यवस्था गर्नेछ ।
साथै, धितोपत्र दलाल व्यवसायीहरुको अनुगमन तथा सुपरिवेक्षणका लागि जोखिममा आधारित सुपरिवेक्षण म्यानुयल जोखिम आधारीत प्रर्ववेक्षण पुस्तिका तयार गरी लागू गर्नेछ ।