शुक्रबार, जेठ १०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • लिंग काटेपछि प्रमाण मेटाउन मान्छे जलाउने दुईजना समातिए

लिंग काटेपछि प्रमाण मेटाउन मान्छे जलाउने दुईजना समातिए

एक भारतीय नागरिकलाई लिंग काटेर परालको कुन्युमा जलाएर हत्या गर्ने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

झापा- एक भारतीय नागरिकको  लिंग काटेपछि परालको कुन्युमा जलाएर हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

बिर्तामोड नगरपालिका–२ चारपानेका १८ वर्षीय लक्ष्मण यादव र २० वर्षीय करुण चौधरी पक्राउ परेका हुन्।

यादव र चौधरीले भारत बिहार घर भई बिर्तामोड–२ चारपानेमा बस्दै आएका करिब ४० वर्षीय सुभान शेखको माघ २१ गते राति अण्डकोषसहित लिंग काटेपछि परालमा आगो लगाएर हत्या गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुबैलाई इलाका प्रहरी कार्यालय अनारमनीमा शुक्रबार बिहान सार्वजनिक गरेको हो।

झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार उनीहरुको साथबाट घटनामा प्रयोगमा भएका चक्कु, लाइटर, मृतकको मोबाइल, टुक्रा पारिएको सिम कार्ड, रगत लागेको टिसर्ट लगायतका सामान बरामद भएको छ।

उनीहरुविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाइने प्रहरी उपरीक्षक कोइरालाले बताए।

‘हत्यापछि घटनालाई ढाकछोप गर्न परालको कुन्युमा लगेर जलाइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ’ कोइरालाले भने। उनका अनुसार सोमबार बेलुका स्थानीय बुद्धिमाया राईको मदिरा पसलमा शेखले रक्सी खाँदै थिए। त्यही पसलमा लक्ष्मण र करण पनि रक्सी खान पुगे। तीनै जना मजदुर हुन्।

रक्सी खाने क्रममा शेखसँग लक्ष्मण र करणको वादविवादपछि झगडा भयो। झगडाको क्रममा शेखले लक्ष्मण र करणलाई 'अश्लील' गाली समेत गरेका थिए।

त्यसपछि लक्ष्मण र करणले रिसको आवेगमा आएर शेखको गुप्ताङ्ग काटेको प्रारम्भिक बयानबाट खुलेको कोइरालाले जानकारी दिए।

प्रकाशित: Feb 07, 2020| 12:37 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।