विराटनगर । दुई किलो युरेनियमजस्तो देखिने धुलोसहित १५ जना पक्राउ परेका छन् ।
मोरङ प्रहरीले बिक्रीका लागि आएकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेकाहरु भरिया रहेका छन् ।
प्रहरीका अनुसार साउन १ गत एक किलो ८७.३ ग्रामसहित विराटनगर– ९ ट्राफिक चानेकबाट ८ जना पक्राउ परेका थिए भने ३ गते विराटनगर महानगरपालिका– ३ को दूधफारम नजिकैबाट ९७८।६ ग्रामसहित ७ जना पक्राउ परेका हुन् ।
प्रहरीले साउन १ मा मोरङ धनपालथान गाउँपालिका– ७ का ४१ वर्षीय शिवशंकर पासवान, ४३ वर्षीय प्रदीप पुरी, ४४ वर्षीय लक्ष्मण शर्मा, सोही पालिका वडा नम्बर ४ का ३७ वर्षीय मुकेशकुमार साह, कटहरी गाउँपालिका–२ का ४० वर्षीय दिलिपकुमार शर्मा, विराटनगर महानगरपालिका– १२ का ४६ वर्षीय फटिककुमार कार्की, सोलुखुम्बुका ३५ वर्षीय गोपाल मगर, खोटाङका ३२ वर्र्षीय किरन राईलाई पक्राउ गरेको थियो ।
उनीहरुलाई विराटनगरको ठुल्दाइ होटलमा ग्राहकलाई पर्खिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले बताएको छ ।
साउन ३ गते गोरखाको गण्डकी गाउँपालिका– ८ का ४५ वर्षीय जीवन गुरुङ, महोेत्तरीको मङ्हा गाउँपालिका– ६ का ४२ वर्षीय अब्दुल गनी खान, बर्दिबास नगरपालिका– १२ का ३० वर्षीय चन्दनकुमार महतो, मोरङको ग्रामथान गाउँपालिका– ३ का ५५ वर्षीय ५५ वर्षीय रबिन्द्र गच्छदार, मकवानपुरको बागमती गाउँपालिका– ५ का ३६ वर्षीय दिपकबहादुर भलोन, महोत्तरीको मनराशिसवा नगरपालिका ३ का ४९ वर्षीय उमेशप्रसाद यादव र सिन्धुलीको कमलामाई नगरपालिका– ५ का २८ वर्षीय श्याम घिमिरेलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमाथि अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । बरामद भएको वस्तु परीक्षणका लागि पठाइएको छ ।