नवलपुर । आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्ष २०७८/७९ मा लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न सकेन ।
कार्यालयले गत आवका लागि पाएको लक्ष्यभन्दा ४१ करोड ५२ लाख २२ हजार रुपैयाँ कम राजस्व सङ्कलन भएको हो ।
सो कार्यालयका प्रमुख कर अधिकृत टेकबहादुर अर्यालले गत आर्थिक वर्ष २०७८/७९ मा २४ अर्ब ११ करोड १२ लाख एक हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जानकारी दिए ।
उनकाअनुसार कार्यालयले २०७८ साउन १ देखि २०७९ असार ३२ गतेसम्म २४ अर्ब ५२ करोड ६४ लाख २३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको थियो । कार्यालयले राजस्व सङ्कलनमा ९८ दशमलब ३१ प्रतिशत प्रगति हासिल गरेको जनाइएको छ ।
कार्यालयले सबैभन्दा बढी राजस्व अन्तःशुल्क शीर्षकबाट असुली गरेको छ । अन्तःशुल्कबाट २३ अर्ब चार करोड ७२ लाख लाख २७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस शीर्षकमा लक्ष्यभन्दा १ दशमलब ७० प्रतिशत कम राजस्व सङ्कलन भएको उनले जानकारी दिए । कार्यालयले अन्तःशुल्क शीर्षकमा २३ अर्ब ४४ करोड ६५ लाख २२ हजार रूपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखेको थियो ।
त्यसैगरी, कार्यालयले आय करतर्फ रु ६१ करोड ७३ लाख १८ हजार राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले आय करतर्फ ५६ करोड ७९ लाख ८१ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखेको थियो । कार्यालयले आय करमा लक्ष्यभन्दा चार करोड ९३ लाख ३७ हजार रुपैयाँ बढी राजस्व सङ्कलन गर्न सफल भएको छ ।
त्यस्तै मूल्य अभिवृद्धि कर ९भ्याट०तर्फ ४० करोड ९३ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेकामा ३४ करोड ८१ लाख ७६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । कार्यालयले मूल्य अभिवृद्धि करमा लक्ष्यभन्दा छ करोड ११ लाख ४१ हजार रुपैयाँ कम राजस्व सङ्कलन गरेको हो ।
कार्यालयले लक्ष्यअनुसारको प्रगति हासिल गर्न नसके पनि गत आव २०७८/७९ मा सङ्कलन गरेको राजस्व अघिल्लो आव २०७७/७८ मा भन्दा सात अर्ब रुपैयाँले बढी हो । कार्यालयले अघिल्लो आवमा १६ अर्ब ६१ करोड ५९ लाख ३७ हजार रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको थियो ।
पहिले नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का करदाताहरुले चितवनको आन्तरिक राजस्व कार्यालय भरतपुरमा कर तिर्दै आएकामा अघिल्लो आर्थिक वर्षबाट जिल्लामै कर तिर्न पाएका हुन् ।
आर्थिक वर्ष २०७७/७८ को साउन १ गतेदेखि नवलपुरको कावासोतीमा आन्तरिक राजस्व कार्यालय स्थापना भएपछि जिल्लाभित्रका सबै करदाताले यही कार्यालयमा राजस्व बुझाउँदै आएका छन् ।