शुक्रबार, जेठ ३१, २०८२

रहेनन् पत्रकार दुर्गानाथ शर्मा

पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ। नेपाल टेलिभिजनका भूतपूर्व महाप्रवन्धक रहिसकेका शर्माको बुधबार निधन भएको हो।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडौं- पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ। नेपाल टेलिभिजनका भूतपूर्व महाप्रवन्धक रहिसकेका शर्माको बुधबार निधन भएको हो।

मुटुसम्बन्धी समस्याले सताइएका ७२ वर्षीय शर्माको उपचारका क्रममा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो।

नेपाल टेलिभिजनमा लामो समयसम्म नेतृत्व तहमा रहेर काम गरिसकेका स्वर्गीय शर्माको विश्व घटना कार्यक्रम निकै लोकप्रिय थियो। इलाममा २००४ साल जेठ १४ जन्मिएका शर्माले ‘बिनाराहदानीको विदेश यात्रा’, ‘छाल’ लगायतका पुस्तक पनि प्रकाशित गरेका थिए। शर्माले गोरखापत्रको संवाददाताका रुपमा पत्रकारिता सुरु गरेका थिए।

शर्माका श्रीमती र दुई छोरा छन्।

प्रकाशित: Feb 05, 2020| 12:59 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।