शनिबार, जेठ १८, २०८२

बलात्कार आरोपित एसएसपी राणालाई ५ दिन म्याद थप

यौन दुव्र्यवहार आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सौरभ राणाको मुद्दामा अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतले ५ दिन म्याद दिएको छ।
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

इटहरी- यौन दुव्र्यवहार आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सौरभ राणाको मुद्दामा अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतले ५ दिन म्याद दिएको छ।

स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलका अनुसार राणा उपरको अभियोगका सम्बन्धमा अदालतबाट प्रहरी नियन्त्रणमा रहने गरी ५ दिने म्यादको आदेश भएको छ।

सरकारी वकिलको कार्यालय इनरुवामार्फत उनलाई सोमबार सुनसरी जिल्ला अदालत उपस्थित गराइएको थियो।

एसएसपी राणाउपरको जबरजस्ती करणी अभियोगमा अनुसन्धानका लागि जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले म्याद थपको आदेश गरेको हो। 

म्याद थपपूर्व अदालतमा सरकारी वकिल र राणाका तर्फका अधिवक्ताहरुले बहस गरेका थिए।

अदालत परिसरबाट बाहिरिँदै गर्दा संक्षिप्त प्रतिक्रिया दिँदै एसएसपी राणाले आफूमाथि लगाइएको आरोप झूटो भएको बताए। उनले केही दिनभित्र सबै सत्यतथ्य बाहिर आउने बताए।

म्याद थपपछि राणालाई जिल्ला प्रहरी कार्यालय सुनसरी लगिएको छ। राणालाई प्रहरीले भीआइपी कक्षमा राख्दै आएको छ।

अदालतबाट अघिल्लो दिन पक्राउ आदेश जारी भए पनि एसएसपी राणा स्वयं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए।

यौन हिंसाको किटानी जोहेरीपछि एसएसपी राणालाई गृह मन्त्रालयले शुक्रबार निलम्बन गरिसकेको छ।

एक महिलाले इटहरीको एक होटलमा राणाले आफूमाथि जबरजस्ती करणी गरेको आरोपसहित प्रहरीमा उजुरी दिएकी थिइन्।

प्रकाशित: Feb 03, 2020| 16:50 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।