सोमबार, जेठ ६, २०८२

५५ किलो गाँजासहित ६ जना पक्राउ

सिन्धुली प्रहरीले ५५ केजी गाँजासहित ६ जनालाई पक्राउ गरेको छ।
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

काठमाडौं– सिन्धुली प्रहरीले ५५ केजी गाँजासहित ६ जनालाई पक्राउ गरेको छ।

तीन वटा मोटरसाइकलमा हरिहरपुरगढी–७ केमनचुलीको कच्ची सडकबाट सर्लाहीतर्फ लैजाँदै गरेको गाँजासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेकालाई सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्यामबहादुर खत्रीका अनुसार पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–७ का १८ वर्षीय सन्तोष स्याङ्तान र आकाश बल, २४ वर्षीय अंकित मोक्तान र २४ वर्षीय सरोज स्याङतान, मरिण गाउँपालिका–२ का ३५ वर्षीय तिलकध्वज मोक्तान र सर्लाही वागमती नगरपालिकाका २४ वर्षीय श्रवणकुमार वाइवा छन्।

उनीहरुलाई जिल्ला प्रहरी र क्यानेश्वर प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनीहरुले पाँच किलोग्रामका ११ वटा पोका बनाएर गाँजा लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको खत्रीले बताए।

उनीहरुले प्रयोग गरेका ना.५८प. ८५१, ना. ४६ प. २३१० र ना.७ प. २४१६ नम्बरका मोटरसाइकल, ६ वटा मोबाइल एवं केही नगद बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 03, 2020| 16:19 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।