सोमबार, जेठ ६, २०८२

एमसीसी अध्ययन गर्न कार्यदल, भीम रावल पनि सदस्य

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एमसीसी सम्झौता अध्ययन गर्न कार्यदल गठन गरेको छ।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

काठमाडौं  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एमसीसी सम्झौता अध्ययन गर्न कार्यदल गठन गरेको छ।

आइतबार बसेको नेकपाको सचिवालय बैठकले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गरेको छ।

कार्यदलमा एमसीसीको विरोध गर्दै आएका नेता भीम रावल पनि सदस्य छन्। अर्का सदस्य भने परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली छन्।

ज्ञवाली एमसीसीको पक्षमा छन्।

अध्ययन समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।

यसैबीच, आइतबार केन्द्रीय समिति बैठकमा केन्द्रीय समिति सदस्य श्रीप्रसाद साहले रघुबीर महासेठलाई स्थायी समिति सदस्यबाट हटाउन माग गरेका छन्।

नेकपाको विधान अनुसार स्थायी समिति सदस्य हुन एक कार्यकाल पोलिटव्यूरो सदस्य भएको  हुनु पर्छ।

तर, महासेठ अहिलेसम्म पोलिटब्यूरो सदस्य नभएको भन्दै नेता रामचन्द्र झाले असन्तुष्टि व्यक्त गर्दै आएका थिए।

केन्द्रीय सदस्य साहले महासेठलाई हटाउन निवेदन नै दिएका छन्।

प्रकाशित: Feb 02, 2020| 15:57 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।