बिहीबार, जेठ ९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • चोरीमा संलग्न रहेको आरोपमा पूर्वहवल्दारसहितको गिरोह पक्राउ

चोरीमा संलग्न रहेको आरोपमा पूर्वहवल्दारसहितको गिरोह पक्राउ

चोरीमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीका एक भगौडा हवल्दारसहितको समूह पक्राउ परेको छ।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

काठमाडौं- चोरीमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीका एक भगौडा हवल्दारसहितको समूह पक्राउ परेको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले पूर्वहवल्दार दोलखाका ३० वर्षीय रवि कार्कीसहित १९ वर्षीय राजन खनाल र काभ्रेका २० वर्षीय उपेन्द्र खरेललाई चोरी आरोपमा पक्राउ गरेको हो ।

उनीहरूले चोरीको गिरोह चलाइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यो समूह दिउँसो कार लिएर चोरी गर्न हिँड्ने गरेको थियो। पछिल्लो पटक गत पुस २८ मा भत्केको पुल नजिकै बालकुमार थपलियाको घरमा डेरा गरी बस्ने विष्णु कार्कीको कोठामा चोरी गरेपछि उक्त समूह समातिएको प्रहरीले जनाएको छ।

उनीहरूले कार्कीको कोठाबाट दुई लाख रुपैयाँ नगद, २० तोला सुनका गहना र सामसुङ कम्पनीको एउटा मोबाइल चोरी गरेको प्रहरीको भनाइ छ।

प्रकाशित: Feb 02, 2020| 14:07 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।