काठमाडौं । स्मार्टफोन सामसङले मंगलबारदेखि नेपालमा ग्यालेक्सी एफ–१३ को बिक्रीवितरण सुरु गरेको छ ।
लोकप्रिय ग्यालेक्सी एफ शृंखलाको यो पछिल्लो उत्पादनले जेन जेडका आकांक्षी उपभोक्तालाई हरेक दृष्टिकोणबाट उत्कृष्टता प्रदान गर्दै अद्भुतपूर्ण शैली र अनुभव दिलाउने कम्पनीले जनाएको छ ।
‘ग्यालेक्सी एफ–१३ उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापतिले बताए ।
ग्यालेक्सी एफ–१३ मा १६.६२ सेमी एफएचडी प्लस डिस्प्ले छ । यसले अधिकतम अवलोकनको अनुभव प्रदान गर्छ । यस्तै यस स्मार्टफोनमा ६ हजार एमएएच ब्याट्री छ, जुन दिनभर चल्छ र १५ वाटको तीव्र चार्ज हुने संयोजीलाई समर्थन गर्छ ।
साथै यसमा भएको ८ जीबी र्याम र र्याम प्लस विशेषताका साथमा एफ–१३ ले गेमिङलाई व्यवधान नपु¥याएरै विस्तारित प्रस्तुतीकरण, बहुकार्य गर्ने सुगमता, निर्बाध एप खोज्ने कार्य प्रदान गर्छ ।
यो अक्टा–कोर एक्जीनस ८५० प्रोसेसरबाट शक्ति प्रदत्त छ । यसको भण्डारण क्षमता थप मेमोरी कार्डको साथमा १ टिबिसम्म बढाउन सकिन्छ ।
ग्यालेक्सी एफ-१३ वाटरफल ब्लु, सनराइज कप्पर र नाइटस्काई ग्रीन रङमा उपलब्ध छ । यसको मूल्य भेरियन्ट ४ प्लस १२८ जीबीको २३ हजार ९ सय ९९ रुपैयाँ छ ।