शनिबार, जेठ ११, २०८२

भ्याली एक्सप्रेसमा सनराइज बैंकको विशेष छुट योजना

 |  शुक्रबार, माघ ३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३, २०७६

काठमाडौं– सनराइज बैंकले भ्याली एक्सप्रेससँगको सहकार्यमा आफ्ना ग्राहकलाई लक्षित गरी १०% छुट योजना ल्याएको छ । यस योजना अन्तर्गत सनराइज बैंकका ग्राहकहरुले आफ्नो डेविट–क्रेडिट कार्ड प्रयोग गरी पोइन्ट अफ सेल टर्मिनल मार्फत वा मोबाईल बैंकिङ्गको प्रयोग गरी क्युआर पेमेन्टमार्फत भ्याली एक्सप्रेस रेष्टुरेन्टको बिल झुक्तानी गर्दा कुल बिल रकमको १०% नगद छुट प्राप्त गर्न सक्नेछन् ।

उल्लेखित योजना अनुरुप सनराइज बैंकका ग्राहकहरुले माघ २, २०७६ देखि दुई महिनासम्म भ्याली एक्सप्रेसका बालाजु, महाराजगञ्ज, न्यूरोड, सिनामंगल र भरतपुर स्थितका शाखाहरुबाट १० % नगद छुट प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित: Jan 17, 2020| 10:27 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्