काठमाडौं – कैलालीको एक सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष एक लाख ६० हजार घुससहित पक्राउ परेका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका–१२ मा रहेको सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित नियन्त्रणमा लिएको हो।
अध्यक्ष थापाले सामुदायिक वन अन्तर्गत पर्ने कानिखोला पुल नजिकबाट सेवाग्राहीसँग माटो झिकेको विषयमा जेसिभी र ट्याक्टरलाई नियन्त्रणमा लिई सरकारी नियम विपरित आफूखुसी जेसिभी र ट्याक्टर छोड्नका लागि सेवाग्राहीबाट घुस लिएको अवस्थामा पक्राउ गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
आयोगको महेन्द्रनगर कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको आयोगले जनाएको छ।