काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आर्टिफिसियल इन्टेलिजेन्स स्वचालित फ्रन्ट लोड वासिङ मेसिनहरु ल्याएको छ ।
यी नयाँ एआई एकोबब्बल वासिङ मेसिन सहज धुलाइको अनुभवका लागि नयाँ एआइ कन्ट्रोल विशेषतासहित उपभोक्ताहरुको चाहनाअनुरुप ८ केजी र ९ केजीसम्मको क्षमतायुक्त मोडलहरु रहेका कम्पनीले जनाएको छ ।
एआइ कन्ट्रोलले तपाईंको धुलाई तरिकालाई सम्झन्छ र बुझ्ने गर्छ । साथै मेसिन लर्निङ्ग प्रयोग गरेर सबैभन्दा उपयुक्त साइकलहरुको सुझाव दिने गर्दछ । यसले लन्ड्री रेसिप, लन्ड्री प्लानिङ्ग, होमकेयर विजार्ड र स्थानमा आधारित सुझावहरु जस्ता स्मार्ट समाधानहरु प्रदान गर्ने गर्दछ ।
२०२२ का वासिङ मेसिनमा सामसङको स्वामित्व भएको इकोबब्बल प्रविधि जडित छन्, जसले ४५ प्रतिशत अतिरिक्त फेब्रिक केयर उपलब्ध गर्नुका साथै ऊर्जा बचत गर्न मद्दत गर्छ । उच्च गुणस्तरको सफाइ र स्वच्छताको सुनिश्चितता दिलाउन सम्पूर्ण नयाँ मोडलहरु हाइजिन स्टिम प्रविधिका साथ उपलब्ध छन्, जसले गढेको मयल तथा ९९.९ प्रतिशत एलर्जी जीवाणुहरु र हटाउन सक्षम छ ।
एआई इकोबब्बल नेपालको पहिलो वासिङ मेसिन हो । यसले मल्टिपल अप्सनहरु चलाउने आवश्यकता हटाएर प्रयोगको सहजता प्रदान गर्दै प्रयोगकर्ताको व्यवहारलाई बुझेर सबैभन्दा उपयुक्त धुलाई साइकल सिफारिस गर्दछ । यो स्मार्ट इन्टरनेट अफ थिङ्ग्स (आइओटि) सक्षम वासिङ्ग मेसिन ग्यालेक्सी स्मार्टफोनहरु, सामसङ स्मार्ट टिभी, स्मार्ट उपकरणहरु साथसाथै भ्वाइस उपकरणहरु एलेक्सा र गुगल होमसंग कनेक्ट गर्न सकिन्छ । जसले गर्दा प्रयोगकर्ताहरुले सिमलेस अनुभव लिन सक्दछन् ।
यी सम्पूर्ण नयाँ वासिङ मेसिनहरु नेपालभरका सबै खुद्रा बिक्री साझेदारहरुमा सामसङको आधिकारिक वितरकहरु हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारमार्फत उपलब्ध हुनेछ । यी मेसिनहरुको सुरुवाती मूल्य १ लाख १७ हजार ९९० रुपैयाँ कायम गरिएको छ ।
१ वर्षको वारेन्टी र डिटिआई मोटरमा १० वर्षको वारेन्टी उपलब्ध हुनेछ । यस्तै वासिङ मेसिन किन्न चाहने उपभोक्ताले चुनिएका सामसङ स्मार्ट प्लाजाहरुबाट शून्य लागत मासिक किस्ताबन्दीमा पनि सजिलो फाइनान्सिङ विकल्पहरु प्राप्त गर्ने कम्पनीले जनाएको छ ।