शुक्रबार, जेठ ३१, २०८२

सिद्धार्थ बैंकका ४ शाखाको औपचारिक उद्घाटन

 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

काठमाडौं– सिद्धार्थ बैंकले आज (सोमबार)देखि प्रदेश नं ५ मा अवस्थित लुम्बिनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोही दिन सुनसरीमा अवस्थित दुहबी शाखा र गढी शाखा, सिरहामा गोलबजार शाखा र लहान शाखाको औपचारिक उद्घाटन पनि गरेको छ ।

बैंकको दुहबी शाखाको उद्घाटन दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदार, गढी शाखाको उद्घाटन गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव, गोलबजार शाखाको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह र लहान शाखाको उद्घाटन लहान नगरपालिकाका मेयर मुनिशाह सुडीले गरेका थिए । अब सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७६ (४ एक्सटेन्सन काउन्टर सहित) पुगेको छ ।

बैंकले १०१ शाखारहित बैंकिङ सेवा, १९५ एटीउम र १,६०० भन्दा बढी पिओएस मेसिनका साथै बैंकले निक्षेप तथाकर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवामार्फत् बै‌किङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित: Dec 23, 2019| 11:40 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्