काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को महामारी नियन्त्रणमा सरकारले हरसम्भव प्रयास गरेको बताएकी छिन् ।
आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले कोभिड नियन्त्रणमा तीनै तहका सरकारले काम गरेको बताइन् ।
हालसम्म लक्षित जनसंखयाको ९६ प्रतिशतलाई कोभिडविरुद्वको पहिलो मात्रा र ८५ प्रतिशतलाई खोपको पूर्ण मात्रा लगाइएको छ । त्यस्तै, करिब ३८ लाख नागरिकलाई खोपको अतिरिक्त मात्रा लगाइसकिएको छ,’ राष्ट्रपति भण्डारीले बताइन् ।
तीन तहका सरकारले स्वास्थ्य पूर्वाधार, औषधि, अक्सिजन र जनशक्ति व्यवस्थापनमा काम गरेको बताउँदै राष्ट्रपति भण्डारीले यो वर्ष थप १२ हजार ६०० हेक्टर जमीन्मा सिँचाइ सुविधा पुगेको बताइन् ।
यस वर्ष देशभर ३२५ किमि कालोपत्रे सडक निर्माण भएको छ भने १०० पुलको निर्माण भएको छ । उनले गौतमवुद्ध विमानस्थल चाँडै सञ्चालनमा आउन लागेको भन्दै यो वर्षको १० महिनामा थप ६३८ मेगावाट विद्युत उत्पादन भएको जानकारी दिइन् ।
यस्तै उनले एमसीसी परियोजना संसद्बाट अनुमोदन भएपछि विद्युत प्रशारण लाइन र सडक निर्माणको काम सुरु भएको पनि बताएकी छन् ।
मंगलबार राष्ट्रपति भण्डारीले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् ।