शुक्रबार, जेठ ३, २०८२

कोहलपुर दुर्घटना : तनाव नरोकिएपछि कर्फ्यु आदेश

बाँकेको कोहलपुरमा ट्रकले एक विद्यार्थीलाई ठक्कर दिएपछि उत्पन्न तनाव नरोकिँदा कर्फ्यु लागेको छ।
 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

बाँके- बाँकेको कोहलपुरमा ट्रकले एक विद्यार्थीलाई ठक्कर दिएपछि उत्पन्न तनाव नरोकिँदा कर्फ्यु लागेको छ।

ट्रकको ठक्करबाट घाइते भएकी विद्यार्थीलाई थप उपचारका लागि नेपालगंजबाट काठमाडौं पठाइएको छ।

कोहलपुरमा बिहानैदेखि सुरु भएको तनाव नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले बाँकेले दिउँसो ३ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश गरेको हो।

बिहान विद्यालय जाना आफ्ना बुवासँग स्कुटीमा गएकी प्रगति चन्द स्कुटीबाट भर्नासाथ दुर्घटनामा परेकी थिइन्।

कोहलपुरबाट नेपालगंज जाँदै गरेको ट्रकले प्रगतिलाई ठक्कर दिएपछि आक्रोशित बनेका स्थानीय र विद्यार्थीले चालक र ट्रकलाई ढुंगाले हान्न खोज्दा प्रहरीले रोक्न खोजेको थियो।

प्रहरीले रोक्न खोज्दा आक्रोशित विद्यार्थीले प्रहरीमाथि पनि ढुंगामुढा गरेका छन्।

दुर्घटनाको बाहनामा प्रहरी र विद्यार्थीको झडप हुन थालेपछि थुप्रै विद्यार्थीसमेत घाइते भएका छन्।

प्रहरीले विद्यार्थीलाई लखेटी लखेटी कुट्ने र विद्यालय हाताभित्रै पसेर लछारपछार गर्न थालेपछि स्थानीयवासीसमेत ढुंगामुढा गर्न सडकमा निस्किएका थिए।

स्थिती असामान्य बसेपछि दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यु लगाउने निर्णय गरेको हो।

प्रकाशित: Dec 08, 2019| 09:36 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।