शुक्रबार, जेठ ३, २०८२

निर्माण दिवसको अवसरमा प्रभातफेरि र रक्तदान

 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले १२ औं राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा राजधानीमा आइतबार प्रभातफेरि निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शुरु भएको प्रभातफेरि माइतीघर, बबरमहल हुँदै महासंघ सचिवालय अनामनगरसम्म पुगेको थियो ।

प्रभातफेरिमा सहभागीहरुले ‘समृद्ध नेपाल, सुखी नेपाली–निर्माणबाट समृद्धि, पूर्वाधार निर्माण विकासको आधार, सार्वजनिक निर्माण सबैको सरोकार, श्रमिक र व्यवसायी निर्माण उद्योगका पर्यायवाची’ लगायतका नारा लेखिएका प्लाकार्ड बोकेका थिए ।

सो अवसरमा महासंघको मुखपत्र ‘निर्माण समाचार’ पनि विमोचन गरिएको थियो । १२ औं राष्ट्रिय निर्माण दिवसकै अवसरमा महासंघले आइतबार महासंघ सचिवालयमा गरेको रक्तदान कार्यक्रममा २६ जना दाताले रक्तदान गरेका छन् । महासंघले प्रत्येक वर्ष मंसिर २२ मा विविध कार्यक्रम गर्दै राष्ट्रिय निर्माण दिवस मनाउँदै आएको छ ।

प्रकाशित: Dec 08, 2019| 08:45 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्