शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • बैंकले कर्मचारीको वृत्ति विकासमा लगानी गरेनन् : गभर्नर नेपाल 

बैंकले कर्मचारीको वृत्ति विकासमा लगानी गरेनन् : गभर्नर नेपाल 

नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाले कर्मचारीको वृत्ति विकासमा पर्याप्त लगानी नगरेको बताएका छन्।
 |  शुक्रबार, मंसिर २०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २०, २०७६

काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाले कर्मचारीको वृत्ति विकासमा पर्याप्त लगानी नगरेको बताएका छन्।

नेपाल बैंकर्स एसोसिएसनको ३३ औं वार्षिक साधारणसभामा उनले जनता बैंकमा भएको बैंकिङ फ्रडमा बैंककै कर्मचारी संलग्न रहेको प्रसंग उल्लेख गर्दै भने, "आफ्नो कर्मचारीबारे सिइओ नै अनभिज्ञ छन् ।" 

उनले बैंकहरुलाई आइटीमा लगानी गर्न बारम्बार दोहोर्याएका थिए ।

गभर्नर नेपालले बैंकरहरुलाई आफ्ना कर्मचारीमा खर्च गर्न आग्रह गर्दै भने, "वार्षिक ३ प्रतिशत कर्मचारीको वृत्ति विकासका लागि खर्च गर्न भनेर नेपाल राष्ट्र बैंकले निर्देशन नै दिएको छ । सिइओले मात्र विभिन्न देशमा गएर तालिम लिने हो अरुलाई दिनुपर्दैन ?" 

गभर्नर नेपालले माघ एक गतेदेखि बैंक तथा वित्तीय संस्थामा अनिवार्य रुपमा गोएमएल लागू गरिने बताउँदै उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनको कडाइसाथ लागू गरिने बताए ।

कार्यक्रममा नेपाल बैंकर्स एसोसिएनका नवनियुक्त अध्यक्ष भुवनकुमार दाहालले पछिल्लो समयमा बैंक अफ काठमाडौंका पूर्व सिइओ अजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरी थुनामा राखेपछि सम्पूर्ण बैंकरहरु ग्राहकलाई लोन दिन डराइरहेको बताए।

प्रकाशित: Dec 06, 2019| 10:39 शुक्रबार, मंसिर २०, २०७६
प्रतिक्रिया दिनुहोस्