शुक्रबार, जेठ ३, २०८२

पुस्तकमा प्रस्तर मूर्तिको इतिहास

पुस्तकमा २९ सय प्रस्तर मूर्तिलाई समावेश गरिएको छ जसमध्ये ११ सय ५० वटा प्रस्तर मूर्तिका फोटा असअघि प्रकाशित भएका थिएनन्।
 |  शुक्रबार, मंसिर २०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २०, २०७६


काठमाडौं - नेपालको प्रस्तर मूर्तिकलाबारे पुस्तक प्रकाशित भएको छ। उल्रिक भान स्लोडरले लेखेको पुस्तक ‘नेप्लिज स्टोन स्कल्पचर’ को दुई खण्डमा प्रकाशित भएको हो।

पहिलो खण्डमा हिन्दू प्रस्तर मूर्तिलाई समावेश गरिएको छ भने दोस्रो खण्डमा बौद्ध प्रस्तर मूर्तिलाई समावेश गरिएको छ।

पुस्तकमा २९ सय प्रस्तर मूर्तिलाई समावेश गरिएको छ जसमध्ये ११ सय ५० वटा प्रस्तर मूर्तिका फोटा असअघि प्रकाशित भएका थिएनन्।

यो काम उल्रिकले सन् १९६५ मा पहिलो पटक नेपाल आउँदादेखि थालेका हुन्। त्यो बेला उनको उमेर २२ वर्ष थियो। उनले झन्डै ५० वर्ष लगाएर संकलन गरेका फोटाहरू पुस्तकमा छन्।

पुस्तकमा उल्रिकका फोटोका साथै पुरातत्त्व विभागका फाटोग्राफर सुनिल डंगोलका फोटो पनि समावेश छन्।

पहिलो खण्डको ७ सय ९८ पृष्ठको पुस्तकमा १७ सय २० रंगीन तथा टोनमा छापिएका प्रस्तर मूर्तिका फोटा छन् जसमा भएका ७ सय४० वटा प्रस्तर मूर्तिको फोटो पहिलोपटक सार्वजनिक भएको छ।

दोस्रो खण्डको ७ सय ५८ पृष्ठको पुस्तकमा १२ सय ४० रंगीन तथा टोनमा छापिएका प्रस्तर मूर्तिका फोटा छन् जसमा भएका ४ सय १० वटा प्रस्तर मूर्तिका फोटो पहिलोपटक सार्वजनिक भएको छ।

पुस्तकलाई भिजुअल धर्मा, स्विट्जरल्यान्डले छापेको हो। पुस्तकसँगै १५ हजार वटा फोटोहरू भएको एसडी कार्ड पनि उपलब्ध हुनेछ जसमा भएको फोटालाई जनसाधारणले प्रयोग गर्न पाउनेछन्।

पुस्तकमा हनुमानढोकाको मोहनचोक हिटी, भक्तपुर दरबार क्षेत्रको कुमारीपाटी, पशुपतिनाथ मन्दिरपरिसरका प्रस्तर मूर्तिलगायतका कैयन् ऐतिहासिक मूर्तिहरूलाई समेटिएको छ।

पुस्तकमा उल्रिकले यसअघि सन् १९८१ मा प्रकाशित ‘इन्डो टिबेटियन ब्रन्ज स्कल्पचर’ कै शैलीलाई पच्छ्याएका छन् जसमा आइकोनोग्राफी, शैली र मिति उल्लेख गरिनुका साथै मूर्तिबारे पूर्वप्रकाशित सूचना तथा जानकारी पनि समावेश गरिएको छ।

पुस्तकमा ढुंगाको मूर्तिको राम्रो अभिलेख भएको धारणा त्रिभुवन विश्वविद्यालय नेपाली संस्कृति तथा इतिहास विभाग प्रमुख प्रा मदन रिमालको छ।

उनका भनाइमा फोटोसँगै मूर्तिको राम्रो वर्णन भएको हुँदा पुस्तक महत्त्वपूर्ण छ।

‘हामीले विचार नगरेका केही मूर्ति पनि पुस्तकमा प्राथमिकताका साथ परेको देख्दा मलाई आश्चर्य लाग्यो,’ रिमालले भने, ‘जस्तै भीमसेनस्थानको हरिहरको मूर्ति तथा हाँडीगाउँको सत्यनारायणको मूर्ति जुन सामान्यता धातुका आभूषणले ढाकिएका हुन्छन् ती पनि पुस्तकमा समावेश छन्।’

फोटोको उच्च गुणस्तरले पनि पुस्तकको ओज बढाएको रिमालले बताए। ‘झन्डै १५ सय वर्ष कालखण्डको नेपाली प्रस्तर मूर्तिलाई पुस्तकले राम्रो अभिलेख गरेकाले मूर्ति इतिहासको अध्ययनमा उपयोगी हुनेछ,’ उनले भने।

प्रकाशित: Dec 06, 2019| 03:06 शुक्रबार, मंसिर २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।