शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • युनाईटेड इन्स्योरेन्स र एसआरएल डायग्नोस्टिक्सबीच सम्झौता

युनाईटेड इन्स्योरेन्स र एसआरएल डायग्नोस्टिक्सबीच सम्झौता

 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

काठमाडौं– युनाईटेड इन्स्योरेन्स नेपाल लि. र एसआरएल डायग्नोस्टिक्स नेपाल प्रालिबीच सेवासुविधामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा युनाईटेड इन्स्योरेन्स कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र एसआरएल डायग्नोस्टिक्स नेपाल प्रालिका आधिकारिक प्रतिनिधि रविन्द्ररत्न तुलाधरले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतअनुसार एसआरएल डायग्नोस्टिक्सबाट प्रदान गरिने सुविधाहरु ल्याब टेष्ट परिक्षण गर्दा युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहक तथा कर्मचारी र तिनका परिवारका सदस्यहरु समेतका लागि १५ प्रतिशत छुट दिइनेछ ।

प्रकाशित: Dec 04, 2019| 05:36 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्