शुक्रबार, जेठ ३, २०८२

सात जिल्लामा न्यायाधीश नियुक्तिका लागि सिफारिस

न्याय परिषद्को मंमगलबारको बैठकले रिक्त सात जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।
 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

काठमाडौं - न्याय परिषद्को मंगलबारको बैठकले रिक्त सात जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले न्यायसेवामा कार्यरत कर्मचारीबाट सात जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।

न्याय सेवाका कार्यरत उपसचिवमध्ये २० प्रतिशत कर्मचारीबाट जिल्ला न्यायाधीशमा नियुक्त गर्न सकिने व्यवस्थाअनुसार परिषद्ले उपसचिवहरु गेहेन्द्रराज पन्त, विद्याराज पौडेल, महेन्द्रराज काफ्ले, टेकराज जोशी, इन्दिरा शर्मा, मनकुमारी जिएम विक र रीताकुमारी बख्रेललाई जिल्ला न्यायाधीशमा सिफारिस गर्दै नियुक्तिका लागि सिफारिस गरेको हो।

प्रधानन्यायाधीश जबराले नियुक्तिका लागि सिफारिस भएका न्यायाधीशको आजै नियुक्ति गरी पदस्थापना भएको छ।

न्यायाधीश पन्तलाई भोजपुर जिल्ला अदालत, न्यायाधीश पौडेललाई रुकुम जिल्ला अदालत, न्यायाधीश काफ्लेलाई सोलुखुम्बु जिल्ला अदालत, न्यायाधीश जोशीलाई डोल्पा जिल्ला अदालत, न्यायाधीश शर्मालाई झापा जिल्ला अदालत, न्यायाधीश विकलाई बाँके जिल्ला अदालत र न्यायाधीश बख्रेललाई सप्तरी जिल्ला अदालतमा पदस्थापन गरिएको हो।

प्रकाशित: Dec 03, 2019| 14:04 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।