काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत मंगलबार नेपालले उसुमा दुई स्वर्ण जितेको छ।
नेपालका लागि विजय सञ्जाली र सुस्मिता तामाङले उसु (थाउलो)मा स्वर्ण जितेका हुन्। विजयले बंगलादेशका मोहम्मद ओमारलाई पराजित गर्दै स्वर्ण दिलाए। उनले ९.४८ अंक ल्याउँदा मोहम्मदले ९.३४ अंक पाए।
यस्तै, सुस्मिताले श्रीलंकाकी वातसालालाई पछि पार्दै स्वर्ण जितिन्। सुस्मिताले ९.४४ अंक ल्याउँदा वातसालाले ८.८५ अंक पाइन्।
विजय १२ औं सागका रजत विजेता हुन्।
यससँगै नेपालको स्वर्ण पदक १७ पुगेको छ।
यसअघि नेपालले सोमबार कराते र तेक्वान्दोमा सात–सात र ट्रायथलनमा एक स्वर्ण जितेको थियो।