शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • नेकपा ३० र कांग्रेस १३ स्थानमा निर्वाचित, कसले कहाँ जिते?

नेकपा ३० र कांग्रेस १३ स्थानमा निर्वाचित, कसले कहाँ जिते?

गत शनिबार सम्पन्न उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सबैभन्दा बढी स्थानमा निर्वाचित भएको छ।
 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

काठमाडौं- गत शनिबार सम्पन्न उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सबैभन्दा बढी स्थानमा निर्वाचित भएको छ।

५२ पदका लागि भएको उपनिर्वाचनमा नेकपाले ३० स्थानमा जित हासिल गर्दा कांग्रेस १३ स्थानमा निर्वाचित भएको छ। यस्तै, समाजवादी पार्टी नेपालले चार, राष्ट्रिय जनता पार्टी (राजपा)ले तीन तथा स्वतन्त्र र राष्ट्रिय जनमोर्चा (राजमो) एक–एक स्थानमा विजयी भएका छन्।

उपनिर्वाचनअन्तर्गत  १ प्रतिनिधिसभा सदस्य, ३ प्रदेशसभा सदस्य, १ उपमहानगर प्रमुख, ३ गाउँपालिका प्रमुख, १ गाउँपालिका उपाध्यक्ष र ४३ वडाअध्यक्ष पदका लागि प्रतिस्पर्धा भएको थियो। जसअन्तर्गत कास्की–२ को प्रतिनिधिसभामा नेकपाकी विद्या भट्टराई निर्वाचित भएकी छन्।

प्रदेशसभाका तीन सिटमा नेकपा, कांग्रेस र नेकपा समर्थित राजमोले एक–एक स्थानमा विजयी भएका छन्। भक्तपुर १ (क)मा कांग्रेस, दाङ ३ (ख) नेकपा र बाग्लुङ २ (ख)मा राजमोले जित हासिल गरेका हुन्।

सुनसरीको धरान उपमहानगरको मेयरमा कांग्रेस विजयी भएको छ।

गाउँपालिका अध्यक्षका तीन सिटमा भने नेकपाले बाजी मारेको छ। संखुवासभा, मकालु गाउँपालिका, पाँचथर, फाल्गुनन्द गाउँपालिका र महोत्तरी, पिपरा गाउँपालिकामा नेकपाका उम्मेदवार विजयी भएका छन्।

यस्तै, हुम्लाको खाुर्पनाथ गाउँपालिकामा पनि नेकपाले नै जित हासिल गरेको छ।

वडाअध्यक्षका ४३ सिटमध्ये नेकपा २४ मा विजयी हुँदा कांग्रेसले ११, समाजवादी पार्टी नेपालले चार, राजपाले तीन र स्वतन्त्रले एक स्थानमा निर्वाचित भएका छन्।

कसले कहाँ जिते ?

कास्की प्रतिनिधिसभा २
विद्या भट्टराई– २४३९४ (नेकपा) विजयी
खेमराज पौडेल–१५९९१ (कांग्रेस)

भक्तपुर प्रदेशसभा १ (क)
कृष्ण भँडेल–१३४४९ (कांग्रेस) विजयी
देवी ढकाल–११२०६ (नेकपा)

दाङ प्रदेशसभा ३ (ख)
विमलाकुमारी खत्री– २४२८६ (नेकपा) विजयी
केशवराज शर्मा– १९१८२ (कांग्रेस)

बाग्लुङ प्रदेशसभा २ (ख)
खिमविक्रम शाही– ११२३५ (राजमो) विजयी
जित शेरचन– ९१३८ (कांग्रेस)

सुनसरी, धरान उपमहानगर
तीलक राई– २६७०९ (कांग्रेस) विजयी
प्रकाश राई– २३९१४ (नेकपा) 

संखुवासभा, मकालु गाउँपालिका
तेजबहादुर पोखरेल– ३०१८ (नेकपा) विजयी
विमन पराजुली– २२१६ (कांग्रेस)

पाँचथर, फाल्गुनन्द गाउँपालिका
वीरबहादुर कुरुम्बाङ– ५३६९ (नेकपा) विजयी
वृजहाङ आङदेम्बे– ४५६३ (कांग्रेस)

महोत्तरी, पिपरा गाउँपालिका
विक्रम चौधरी– ३२४९ (नेकपा) विजयी
रामजानकी यादव– ३०४१ (समाजवादी)

हुम्ला, खाुर्पनाथ गाउँपालिका, उपाध्यक्ष
रूपा शाही– १४५४ (नेकपा) विजयी
तारा शाही– १३८५ (कांग्रेस)

मोरङ, धनपलाथन–२
नारायणप्रसाद साह– १७०१ (कांग्रेस) विजयी
पंकज मण्डल– (नेकपा) १४९७

सुनसरी, धरान उपमहानगर–७
जीवन सुवेदी– ६२२ (नेकपा) विजयी
सुवर्ण पालिखे– ६२१ (कांग्रेस)

पाँचथर, फिदिम नगरपालिका–१
गजाधर भट्टराई– १४४६ (नेकपा) विजयी

हिलिहाङ्ग गाउँपालिका–७
तिलविक्रम इधिङ्गो– ८४२ (नेकपा) विजयी
गेहनाथ रिजाल– ८१२ (कांग्रेस)

संखुवासभा, खाँदबारी नगरपालिका–३
भरतकुमार घिमिरे– ७१६ (नेकपा) विजयी
विक्रम गुरुङ– ४६७ (कांग्रेस)

खोटाङ, साकेला गाउँपालिका–३
शिवकला राई– ३९१ (नेकपा) विजयी
शुक्रबहादुर तामाङ– ३७४ (कांग्रेस)

भोजपुर, पौवादुङमा गाउँपालिका–१
जीतेन्द्र राई– ६९१ (नेकपा) विजयी
सम्मरबहादुर कार्की (कांग्रेस)

सप्तरी, छिन्नमस्ता गाउँपालिका–७
प्रमिलादेवी यादव– ५४० (राजपा) विजयी
अच्छेलाल यादव– ५२९ (नेकपा)

सिराहा, कल्याणपुर नगरपालिका–१२
दिलिपकुमार यादव– ८२५ (नेकपा) विजयी
प्रदिप कुमार महतो– ६५४ ९राजपा०

महोत्तरी, बलवा नगरपालिका–२
विपिन पजियार सुडी– ४६१ (कांग्रेस) विजयी
वृजलाल साह सुडी– ३५२ ९राजपा०

महोत्तरी, बलवा नगरपालिका– ८

मटिहानी नगरपालिका–६
रामबाबु नायक– ३७५ ९राजपा० विजयी
मोहम्मद जाकिर अंसारी– ३५५ (नेकपा)

सर्लाही, हरिपुर्वा नगरपालिका–१
श्यामबाबु राय– ३४७ ९समाजवादी० विजयी
राम विश्वास– ३२८ ९राजपा०

रौतहट, गढिमाई नगरपालिका–२
दीपेन्द्र श्रेष्ठ– ७७१ (कांग्रेस) विजयी
जवार मिया– ५९६ (नेकपा)

बारा, बारागढी–१

पर्सा, सखुवाप्रसौनी गाउँपालिका–५
रुपलालकुमार यादव– १०३१ ९समाजवादी० विजयी
असेशरप्रसाद यादव– ८१९ (कांग्रेस)

रामेछाप, उमाकुण्ड गाउँपालिका–५
कुलबहादुर बस्नेत– ७६९ (नेकपा) विजयी
सावित्री सुनुवार– ३८० (कांग्रेस)

सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका–८
केदारनाथ आचार्य– ७२१ (नेकपा) विजयी
अशोक तामाङ– ४३९ (कांग्रेस)

काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका–२
देवप्रसाद कोइराला– ८६७ (नेकपा) विजयी
दर्णबहादुर खत्री– ५८२ (कांग्रेस)

काठमाडौं, दक्षिणकाली नगरपालिका–३
शिवभक्ति बलामी– ६१८ (नेकपा) विजयी
जयशंकर केसी– २७८ ०कांग्रेस०

चितवन, खैरहनी नगरपालिका–४
देवबहादुर बस्नेत– ११३८ (कांग्रेस) विजयी
वेदबहादुर अधिकारी– ९८६ (नेकपा)

खैरहनी नगरपालिका–५
प्रतिमा कार्की– ८४२ (कांग्रेस) विजयी
कूलनारायण प्रधान– ७५६ (नेकपा)

भरतपुर नगरपालिका–१६
अमृतराज हमाल– ३१८३ (कांग्रेस)
भक्तराज हमाल– २८७६ (नेकपा)

लम्जुङ, सुन्दरबजार नगरपालिका–२
नवीनकुमार श्रेष्ठ– ९८९ (नेकपा) विजयी
प्रकाश सेढाई– ४८४ (कांग्रेस)

बाग्लुङ, बडिगाड गाउँपालिका–२
ढालप्रसाद शेरचन– ७०४ (नेकपा) विजयी
डिलबहादुर राना– ४१२ (कांग्रेस)

नवलपुर, बुंदीकाली गाउँपालिका–५
खिमबहादुर थापा खरु मगर– ३६७ (नेकपा) विजयी
तुलबहादुर राना मगर– २३१ (कांग्रेस)

गुल्मी, रुरु क्षेत्र गाउँपालिका–६
गिरीप्रसाद सिंजाली– ८०२ (नेकपा) विजयी
वेदप्रसाद दर्लामी– ७२७ (कांग्रेस)

अर्घाखाँची, मालारानी गाउँपालिका–६
शोभाखर खनाल– ११५९ (कांग्रेस) विजयी
यमलाल खनाल– १०५३ (नेकपा)

कपिलवस्तु, शिवराज नगरपालिका–१०
मन्जु मिश्र– ८६८ (राजपा) विजयी
देव भारती– ४६५ (कांग्रेस)

प्युठान, प्युठान नगरपालिका–२
मुक्ति पोखरेल– ११२७ (नेकपा) विजयी
मोहनसिंह विष्ट क्षेत्री– ८४३ (कांग्रेस)

ऐरावती गाउँपालिका–१
द्रोणकुमार पाण्डे– ६८७ (नेकपा) विजयी
अमर रेश्मी मगर– ६७८ (कांग्रेस)

ऐरावती गाउँपालिका–२
हिमेशकुमार घर्ती– ८५५ (स्वतन्त्र) विजयी
मोहन विश्वकर्मा– ५०४ (राजमाे)

रोल्पा, थवाङ गाउँपालिका–१
जनकबहादुर बुढा मगर– १७४ (नेकपा) विजयी
कलमबहादुर रोका मगर– २६ (कांग्रेस)

दाङ, घोराही उपमहानगरपालिका–१६
ताराबहादुर डिसी– १२१८ (कांग्रेस) विजयी
सुरेशबहादुर केसी– १११७ (नेकपा)

बाँके, कोहलपुर नगरपालिका–६
रामशरण थारु– ८०० (नेकपा) विजयी
श्रीकृष्ण थारु– ७३६ (कांग्रेस)

सल्यान, कुमाख गाउँपालिका–५
धर्मे बुढाथोकी ‘ज्वाला’– ७९२ (नेकपा) विजयी
खड्कबहादुर बोहरा– २५१ (कांग्रेस)

बाजुरा, त्रिवेणी नगरपालिका–१
मनराजे बुढा ‘मिलन’– ३६७ (नेकपा) विजयी
खगेन्द्र चदारा– ३४७ (कांग्रेस)

डोटी, आदर्श गाउँपालिका–२
रामबहादुर बोहरा– ६६५ (नेकपा) विजयी
महादेव साउद– ६५६ (कांग्रेस)

कञ्चनपुर, पुनर्वास नगरपालिका–३
कृष्णबहादुर तामाङ– ५२८ (नेकपा) विजयी
दिलबहादुर लामा– ३१० (कांग्रेस)

बैतडी, पुर्चौडी नगरपालिका–४
शैलेन्द्र धानुक– ६६३ (नेकपा) विजयी
गोविन्दबहादुर धामी– ५५८ (कांग्रेस)

सुर्नया गाउँपालिका–१
धनबहादुर चन्द– २१९ (कांग्रेस) विजयी
गजेन्द्रबहादुर चन्द– २१५ (नेकपा)

दोगडाकेदार गाउँपालिका–४
सुरेन्द्रप्रसाद भट्ट– ५८४ (कांग्रेस) विजयी
नरेन्द्रप्रसाद भट्ट– ४८४ (नेकपा)

अछाम, मेल्लेख गाउँपालिका–५
रमेश खड्का– ७७८ (नेकपा) विजयी
वीरबहादुर बोहरा– ५६३ (कांग्रेस)

 

प्रकाशित: Dec 02, 2019| 08:33 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।