काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालले पहिलो स्वर्ण जितेको छ।
कराँतेका मन्डेकाजी श्रेष्ठले एकल काता (पुरुष)मा स्वर्ण जितेका हुन्।
यसअघि कराँतेको व्यक्तिगत काता (महिला)तर्फ चञ्चला दनुवारले नेपाललाई रजत दिलाएकी हुन्।
योसँगै नेपालले प्रतियोगितामा एक स्वर्ण र एक रजत जितेको छ।