शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ‘टिभिएस अपाचे रेस ट्रयाक एक्सपिरियन्स’का विजेता चेन्नई प्रस्थान

‘टिभिएस अपाचे रेस ट्रयाक एक्सपिरियन्स’का विजेता चेन्नई प्रस्थान

 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

काठमाडौं । नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस अपाचे बाइक आरआर ३१० र अपाचे २०० फोरभी मोटरसाइकलको टेस्ट राइडमा सहभागिता जनाएका प्रतियोगीमध्ये ६० जनालाई चेन्नई जाने अवसर प्रदान गरेको छ।

गोलाप्रथाबाट चयन गरी प्रारम्भिक छनोट चरणबाट छानिएका विजेता भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा सहभागी हुन त्यसतर्फ गएका हुन्।

प्रारम्भिक चरणको छनोट प्रक्रिया उत्साहजनक रुपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘नेपालका बाइक राइडरहरु पनि क्षमता, दक्षता एवं अनुशासन प्रदर्शन गर्न सक्षम छन् भन्ने उदाहरण हो यो । उनीहरुको सपनामा सरिक हुन पाएकोमा हामी जगदम्बा मोटर्स परिवार हर्षित छौं ।’ प्रतियोगीहरु बुधबार नेपाल फर्किनेछन्।

मद्रास मोटर रेस ट्रयाक भारतको विश्वस्तरीय र लोकप्रिय रेस ट्रयाक हो । सन् १९८९ मा उद्घाटन गरिएको यो ट्रयाक ३.७४ किमिको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेसिङ इभेन्टहरु आयोजना भइसकेको यो ट्रयाक रेसिङप्रेमीमाझ लोकप्रिय छ ।

प्रकाशित: Dec 01, 2019| 09:28 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्