शुक्रबार, जेठ ३, २०८२

दाङ र अछाममा नेकपाद्वारा कांग्रेस नेतामाथि आक्रमण

उपनिर्वाचनका क्रममा सत्तारुढ नेकपाका कार्यकर्ताले कांग्रेसका नेता/कार्यकर्ताहरुमाथि आक्रमण गरेका छन्। अक्रमणबाट ...
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

काठमाडौं- उपनिर्वाचनका क्रममा सत्तारुढ नेकपाका कार्यकर्ताले कांग्रेसका नेता/कार्यकर्ताहरुमाथि आक्रमण गरेका छन्।

अक्रमणबाट दाङ र अछाममा ६ जना घाइते भएका छन् ।

अछाममा कांग्रेसको क्षेत्र नम्बर १ 'ख'का क्षेत्रीय सभापति डम्बर स्वारलाई नेकपाका कार्यकर्ताहरुले कुट्दा टाउकोमा ७ वटा टाँका लागेको छ।

उनको दाँया हातसमेत भाचिएको छ भने थप उपचारका लागि नेपालगंज रेफर गरिएको कांग्रेस अछामका उपसभापति चन्द्रप्रसाद ढुंगानाले जानकारी दिएका छन्।

मत्तदान सकिएपछि नेकपाका कार्यकर्ताहरुले प्रहरी चौकीमासमेत ढुँगामुढा गरेका हुन्।

नेकपाका कार्यकर्ताहरुको कुटपिटबाट अन्य चार जना कांग्रेसका कार्यकर्ताहरु समान्य घाइते भएको ढुँगानाले जनाए।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फाईरसमेत गरेका थिए। झडपमा नेकपाका कार्यकर्ता गम्भीर साउदसमेत घाइते भएका छन्।

यसैगरी, दाङको बबई गाउँपालिकामा कांग्रेस कार्यकर्तालाई नेकपा नेताले कुटेका छन्।

बबई वडा नं ६ पञ्चकुले निवासी नेकपाका स्थानीय नेता टंक रेग्मीले काँग्रेसका स्थानी नेता धुर्व मल्ललाई कुटपिट गरेका हुन् ।

कांग्रेसमा मत हालेको भन्दै रेग्मीले कुटपिट गरेको मल्लको भनाई छ।

प्रकाशित: Dec 01, 2019| 06:19 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।