शुक्रबार, जेठ ३, २०८२

नेकपा २१, कांग्रेस ७, राजपा र समाजवादी २-२ वडामा विजयी

शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत ३२ स्थानमा वडाअध्यक्ष पदका लागि भएको चुनाव परिणाम सार्वजनिक भएको छ। जसमा नेकपाका उम्मेदवारले २१ वडामा विजयी हासिल गरेको छ। यस्तै, कांग्रेसले ७, राजपा र समाजवादीले २–२ वडामा निर्वाचित भएका छन्।
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

काठमाडौं– शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत ३२ स्थानमा वडाअध्यक्ष पदका लागि भएको चुनाव परिणाम सार्वजनिक भएको छ। जसमा नेकपाका उम्मेदवारले २१ वडामा विजयी हासिल गरेको छ। यस्तै, कांग्रेसले ७, राजपा र समाजवादीले २–२ वडामा निर्वाचित भएका छन्।

अन्य पदमा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ। 

नेकपाका उम्मेदवार निर्वाचित वडा

बाजुराको त्रिवेणी गाउँपालिका–१ मा नेकपाका उम्मेदवार मनराजे बुढा निर्वाचित भएका छन्। उनले ३६७ मत ल्याएर विजयी भए। कांग्रेसका उमेदवार खकेन्द्रबहादुर चदारले ३४७ मत पाए।

पाँचथरको फिदिम नगरपालिका–१ मा नेकपाका गजाधर भट्टराई १ हजार ४४६ मत ल्याएर निर्वाचित भए।

अछामको मेल्लेख गाउँपालिका–५ मा नेकपाका उम्मेदवार विजयी भएका छन्।

सिरहाको कल्याणपुर नगरपालिका–१२ मा नेपकाका उमेदवार दिलीपकुमार यादव निर्वाचित भएका छन् ।

रामेछापको उमाकुण्ड गाउँपालिका–५ मा नेकपाका कुलबहादुर बस्नेत विजयी भएका छन्। उनले ७६९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवारले ३८० मत पाए।

बाँकेको कोहलपुर नगरपालिका–५ मा नेकपाका रामशरण थारू निर्वाचित भएका छन्। उनले १५२ ल्याए भने कांग्रेसका श्रीकृष्ण थारुले १३४ मत पाए।

संखुवासभाको खाँदबारी नगरपालिका–१३ मा नेकपाका उमेदवार भरतकुमार घिमिरे निर्वाचित भएका छन् । घिमिरेले ७६९ मत ल्याउँदा कांग्रेसका उम्मेदवार विक्रम गुरूङले ४६७ मत पाए।

भोजपुरको पौवादुङ्मा नगरपालिका–१ मा नेकपाका उम्मेदवार जितेन्द्र राई निर्वाचित भए। उनले ६१९ मत ल्याए भने कांग्रेसका उमेदवार सम्मरबहादुर कार्कीले २५४ मत ल्याए।

बाग्लुङकाे बडिगाड गाउँपालिका–२ मा नेकपाका उम्मेदवार ढालप्रसाद शेरचन निर्वाचित भए। उनले ७०४ मत ल्याउँदा निकतटम प्रतिद्वन्द्वी कांग्रेस उमेदवारले ४१२ मत पाए।

काठमाडौंको दक्षिणकाली नगरपालिका–३ मा नेकपाका उम्मेदवार शिवभक्त बलामी निर्वाचित भएका छन् । उनले ६१८ मत प्राप्त गरे भने कांग्रेस उमेदवारले २७८ मत ल्याए।

धुलिखेल नगरपालिका–२ मा नेकपाका उम्मेदवार देवप्रसाद कोइरालाले ८६८ मत ल्याएर विजयी भए। उनका निकतटम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवारले ५८२ ल्याए।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ मा नेकपाका उम्मेदवार केदारप्रसाद आचार्य निर्वाचित भए। उनले ७१२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राले तामाङले ४३१ मत पाए।

सल्यानको कुमाखमालिका गाउँपालिका–५ मा नेकपाका उमेदवार धर्मे बुढाथोकी निर्वाचित भएका छन् । उनले ७९२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खडकबहादुर बुढाथोकीले २५१ मत ल्याए।

लम्जुङको सुन्दरबजार नगरपालिकामा–२ मा नेकपाका उम्मेदवार नवीन श्रेष्ठ विजयी भएका छन् । उनले ९९३ मत ल्याए भने निकतटम प्रतिद्वन्द्वी कांग्रेसका प्रकाश सेढाइँले ४८२ मत ल्याए।

कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा नेकपाका कृष्णबहादुर तामाङ निर्वाचित भए । उनले ५२८ मत ल्याउँदा कांग्रेसका दीपबहादुर तामाङले ३९० मत पाए।

रोल्पाको थवाङमा नेकपाका जनकबहादुर बुढामगर निर्वाचित भएका छन्। उनले १५४ मत पाए भने निकतटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले २६ मत ल्याए। त्यहाँ जम्मा १४ प्रतिशत मात्रै मत खसेको थियो।

खोटाङको साकेला गाउँपालिका–३ मा नेकपाकी उम्मेदवार शिवकला राई विजयी भइन्।

डोटीको आदर्श गाउँपालिका–२ मा नेकपाका उम्मेदवार रामबहादुर बोहोरा निर्वाचित भएका छन् ।

गुल्मीको रुरु गाउँपालिका–२ मा नेकपाका गिरिप्रसाद सिञ्जाली विजयी भएका छन्। उनले ८०२ मत ल्याउँदा निकतटम प्रतिद्वन्द्वी कांग्रेसका वेदप्रसाद दर्लामीले ७२७ मत ल्याए।

नवलपुरको बौंदीकाली गाउँपालिका–५ मा नेकपाका खिमबहादुर खरुमगर निर्वाचित भएका छन्। उनले ३६७ मत ल्याउँदा निकतटम प्रतिद्वन्द्वी कांग्रेसका तुलबहादुर रानाले २११ मत पाए।

कांग्रेस उम्मेदवार निर्वाचित वडा

बैतडीको सुनर्या गाउँपालिका–१ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द निर्वाचित भए । उनले २१९ मत पाए भने निकतटम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवारले २१५ मत ल्याए।

बाराको गढिमाई नगरपालिका–२ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका उम्मेदवार ७७१ मत ल्याए भने नेकपाका उमेदवारले ५९६ मत पाए।

अर्घाखाँचीको मालारानी गाउँपालिका–३ मा कांग्रेसका उम्मेदवार शोभाखर खनाल निर्वाचित भएका छन्। उनले १ हजार १५९ मत ल्याउँदा नेकपाका उम्मेदवारले १ हजार ५३ मत पाए।

चितवनको भरतपुर महानगरपालिका–१६ मा कांग्रेसका अमृतराज हमाल निर्वाचित भएका छन्। उनले ३ हजार १ सय ८३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी नेकपाका भक्तराज हमालले २ हजार ८७५ मत ल्याए। यस्तै, खैरहनी–५ मा कांग्रेसकै प्रतीमा कार्की निर्वाचित भएकी छन्। खैरहनी नगरपालिका–४ मा कांग्रेस उम्मेदवार देवबहादुर बस्नेत विजयी भए। उनले १ हजार १३८ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी नेकपाका वेदबहादुर अधिकारीले ९८६ मत पाए।

बैतडीको दोगडा केदार गाउँपालिका–४ मा कांग्रेसका सुरेन्द्रप्रसाद भट्ट निर्वाचित भएका छन्।

दाङको घोराही नगरपालिका–१६ मा कांग्रेस निर्वाचित भएको छ।

समाजवादी पार्टी निर्वाचित वडा

सर्लाहीको हरिपुर्वा नगरपालिका–१ मा समाजवादी पार्टीका उम्मेदवार श्यामबाबुले रायले विजयी भए। उनले ३४७ मत ल्याउँदा निकतटम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी (राजपा)का रामविश्वास रायले ३२८ मत पाए।

पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ मा समाजवादी पार्टीका रूपलालकुमार यादव विजयी भएका छन्। उनले १ हजार ३१ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका असेशरप्रसाद यादवले ८११ मत पाए ।

राजपा निर्वाचित वडा

महोत्तरीको मटिहानी नगरपालिका–६ मा राष्ट्रिय जनता पार्टी (राजपा)का उम्मेदवार रामबाबु नायक विजयी भए। उनले ३०१ मत ल्याउँदा प्रतिद्वन्द्वी नेकपाका मोहम्मद जाकिर अन्सारीले २७१ मत ल्याए।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा राजपाकी प्रमिलादेवी यादव निर्वाचित भइन्। उनले ५४० मत ल्याइन् भने निकटतम प्रतिद्वन्द्वी नेकपाका उमेदवार अच्छेलाल यादवले ५२९ मत ल्याए।

शनिबार १ प्रतिनिधिसभा सदस्य, ३ प्रदेशसभा सदस्य, १ उपमहानगर प्रमुख, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र ४३ वडाअध्यक्षका लागि उपनिर्वाचन भएको थियो। 

 

प्रकाशित: Dec 01, 2019| 02:27 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।