शुक्रबार, जेठ ३, २०८२

साताभर सेयर कारोबारमा १६.०१ प्रतिशतले गिरावट

 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

काठमाडौं। यस साता सेयर बजारको कारोबार गत साताको तुलनामा १६.०१ प्रतिशतले घटेको छ । गत साता बजारमा १५ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएकोमा यस साता १३ अर्ब २१ करोड बराबरको मात्र कारोबार भएको छ । कारोबारको अन्तिम दिन विहिबार नेप्से १११२.७९ अंकमा अडिएको छ ।

यस हप्ता सबैभन्दा कम मंगलबार सबैभन्दा कम ११०९.१७ अंकमा नेप्से रह्यो भने सबैभन्दा धेरै बुधबार १११७.४६ अंकमा पुगेको थियो । यस हप्ता कुल बजारको पुँजीकरण १४ खर्ब ११ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।

यससाता सबैभन्दा बढी कारोबार गर्ने दश कम्पनीहरुमा एनएमबी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर, नेपाल बैंक, हिमालयन डिस्टीलरी लिमिटेड, नविल बैंक, सिटिजन्स इन्टरनेसनल बैंकको प्रमोटर सेयर, एनआइसी एसिया बैंक, प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र प्राइम कमर्सियल बैंक रहेका छन् । साताभर एक अर्ब ३२ करोड बराबरको कारोबार भएको छ ।

यस साता नेको इन्स्योरेन्स कम्पनीको १४ लाख ११ हजार ५३४, नेपाल इन्स्योरेन्स कम्पनीको ७ लाख ६४ हजार ३२७, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको २२ लाख ३१ हजार ४३ कित्ता बोनस सेयर कारोबारको लागि सूचीकृत भएको छ ।

त्यस्तै ग्लोवल आइएमई लघुवित्त संस्थाको ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयर र साइन रेसुङ डेभलपमेन्ट बैंकको एक करोड २ हजार ३८८ एक्वीजिसन भएको सेयर कारोबारको लागि सूचीकरण गरेको छ ।

प्रकाशित: Nov 29, 2019| 10:34 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्