काठमाडौं । राज ब्रुअरी प्रालिले नेपालमा औपचारिक रुपमा फोस्टर्स लागर बियरको बिक्री सुरु गरेको छ । फोस्टर्स हरेक मौसममा पिउन सकिने बियर भएको कम्पनीको दाबी छ । फोस्टर्स गोल्ड स्ट्रङ्ग बियर पनि हालै नेपालमा ल्याइएको थियो ।
राज ब्रुअरी जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजको एक सदस्य प्रतिष्ठान हो । यो समूहले नेपालमा बहुसंख्यक डिष्टिलरीहरु, अनुसन्धान र विकास एवं वितरण इकाइहरुसहितको एक ब्रुअरीका साथ मदिरा–वेभरेज व्यवसायमा अनवरत रुपमा बजारमा अधिपत्य कायम गर्दै आएको छ ।
जावलाखेल ग्रुपको उत्पादनहरुको सूचीमा नेपालमै सबैभन्दा बढी बिक्री हुने ब्राण्डहरु रुसलान, गोल्डेन ओक र ब्लु डायमण्ड छन् ।